सरकार-शिक्षक सहमतिको विरोधमा उत्रिए विद्यालयका कर्मचारी « Khabarhub

सरकार-शिक्षक सहमतिको विरोधमा उत्रिए विद्यालयका कर्मचारी


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय परिषद्ले शिक्षक महासंघ र सरकारबीच बुधबार भएको सहमतिको विरोध जनाएको छ ।

परिषद्ले बुधबार भएको सहमतिप्रति असहमति जनाउँदै आपत्ति प्रकट गरेको हो ।

परिषद्ले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाल शिक्षक महासंघले घोषण गरेका आन्दोलन कार्यक्रमप्रति नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भर्त्सना गर्दछौँ।’

बुधबार सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्तापछि भएको सहमतिमा आपत्तिजनक रहेको कर्मचारी परिषद्ले जनाएको छ।

उसले २९ औं दिनमा आन्दोलन कार्यक्रम फिर्ता गरिएकोमा पनि असहमति जनाउँदै आफ्नो आधिकारिक धारणाबाहेकका बुदाँमा असहमति रहेको पनि जनाएको छ।

परिषद्ले आगामी दिनमा आन्दोलनका थप कार्यक्रम चाँडै सार्वजनिक गरिने पनि जानकारी गराएको छ। विज्ञप्तिमा परिषद्का महासचिव शान्तिनाथ योगी र अध्यक्ष गंगाराम तिवारीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  १२ : ५८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।