सरकार-शिक्षक सहमतिको विरोधमा उत्रिए विद्यालयका कर्मचारी « Khabarhub

सरकार-शिक्षक सहमतिको विरोधमा उत्रिए विद्यालयका कर्मचारी


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय परिषद्ले शिक्षक महासंघ र सरकारबीच बुधबार भएको सहमतिको विरोध जनाएको छ ।

परिषद्ले बुधबार भएको सहमतिप्रति असहमति जनाउँदै आपत्ति प्रकट गरेको हो ।

परिषद्ले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाल शिक्षक महासंघले घोषण गरेका आन्दोलन कार्यक्रमप्रति नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भर्त्सना गर्दछौँ।’

बुधबार सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्तापछि भएको सहमतिमा आपत्तिजनक रहेको कर्मचारी परिषद्ले जनाएको छ।

उसले २९ औं दिनमा आन्दोलन कार्यक्रम फिर्ता गरिएकोमा पनि असहमति जनाउँदै आफ्नो आधिकारिक धारणाबाहेकका बुदाँमा असहमति रहेको पनि जनाएको छ।

परिषद्ले आगामी दिनमा आन्दोलनका थप कार्यक्रम चाँडै सार्वजनिक गरिने पनि जानकारी गराएको छ। विज्ञप्तिमा परिषद्का महासचिव शान्तिनाथ योगी र अध्यक्ष गंगाराम तिवारीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  १२ : ५८ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट