शिक्षक महासंघको कार्यक्रममा तनाव, माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी आक्रोशित « Khabarhub

शिक्षक महासंघको कार्यक्रममा तनाव, माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी आक्रोशित


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकार र शिक्षक महासंघबीच बुधबार राति भएको सहमतिलाई लिएर असन्तुष्टि देखिएको छ ।

उक्त सहमतिबारे जानकारी दिन बिहीबार काठमाडौंको रत्नराज्य स्कुलमा आयोजित कार्यक्रममा विवाद र भनाभन भएको हो ।

सहमतिलाई लिएर तीव्र असन्तुष्टि जनाएका विद्यालय कर्मचारीहरूले कार्यक्रमस्थलमै आपत्ति जनाए । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र शिक्षामन्त्री रघुजी पन्तले गरेको सहमतिमा वक्तव्य निकालेर विरोध जनाएका कर्मचारीहरू रत्नराज्यमा पनि आक्रोशित मुद्रामा देखिए ।

सरकारसँगको सहमतिका आफूहरूका मागको सम्बोधन नभएको जनाउँदै उनीहरूले महासंघको बैठकस्थलमा पनि प्रश्न गरे । कर्मचारीले आपत्तिसहित विरोध जनाएपछि शिक्षकका नेताहरूसँग भनाभन भएको छ ।

शिक्षकसँग भनाभन चर्किएपछि समीक्षा बैठक पनि अवरुद्ध भएको छ । शिक्षकसहित आफूहरूका माग सहमतिमा नसमेटिएपछि कर्मचारीहरू रुष्ट छन् ।

यसैबीच बिहीबार नै नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिले नेपाल शिक्षक महासंघ र सरकारबीचको सहमतिप्रति वक्तव्य जारी गरेरै आपत्ति जनाइसकेको छ।

परिषद्ले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाल शिक्षक महासंघले घोषण गरेका आन्दोलन कार्यक्रमप्रति नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भर्त्सना गर्दछौँ।’

बुधबार सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्तापछि भएको सहमतिमा आपत्तिजनक रहेको कर्मचारी परिषद्ले जनाएको छ।

उसले २९ औं दिनमा आन्दोलन कार्यक्रम फिर्ता गरिएकोमा पनि असहमति जनाउँदै आफ्नो आधिकारिक धारणाबाहेकका बुदाँमा असहमति रहेको पनि जनाएको छ।

परिषद्ले आगामी दिनमा आन्दोलनका थप कार्यक्रम चाँडै सार्वजनिक गरिने पनि जानकारी गराएको छ। विज्ञप्तिमा परिषद्का महासचिव शान्तिनाथ योगी र अध्यक्ष गंगाराम तिवारीले हस्ताक्षर गरेका छन् ।

यो पनि-
उधारै सम्झौतामा सकियो शिक्षक आन्दोलन

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  २ : ४८ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड