शिक्षक महासंघको कार्यक्रममा तनाव, माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी आक्रोशित « Khabarhub

शिक्षक महासंघको कार्यक्रममा तनाव, माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी आक्रोशित


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकार र शिक्षक महासंघबीच बुधबार राति भएको सहमतिलाई लिएर असन्तुष्टि देखिएको छ ।

उक्त सहमतिबारे जानकारी दिन बिहीबार काठमाडौंको रत्नराज्य स्कुलमा आयोजित कार्यक्रममा विवाद र भनाभन भएको हो ।

सहमतिलाई लिएर तीव्र असन्तुष्टि जनाएका विद्यालय कर्मचारीहरूले कार्यक्रमस्थलमै आपत्ति जनाए । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र शिक्षामन्त्री रघुजी पन्तले गरेको सहमतिमा वक्तव्य निकालेर विरोध जनाएका कर्मचारीहरू रत्नराज्यमा पनि आक्रोशित मुद्रामा देखिए ।

सरकारसँगको सहमतिका आफूहरूका मागको सम्बोधन नभएको जनाउँदै उनीहरूले महासंघको बैठकस्थलमा पनि प्रश्न गरे । कर्मचारीले आपत्तिसहित विरोध जनाएपछि शिक्षकका नेताहरूसँग भनाभन भएको छ ।

शिक्षकसँग भनाभन चर्किएपछि समीक्षा बैठक पनि अवरुद्ध भएको छ । शिक्षकसहित आफूहरूका माग सहमतिमा नसमेटिएपछि कर्मचारीहरू रुष्ट छन् ।

यसैबीच बिहीबार नै नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिले नेपाल शिक्षक महासंघ र सरकारबीचको सहमतिप्रति वक्तव्य जारी गरेरै आपत्ति जनाइसकेको छ।

परिषद्ले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाल शिक्षक महासंघले घोषण गरेका आन्दोलन कार्यक्रमप्रति नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भर्त्सना गर्दछौँ।’

बुधबार सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्तापछि भएको सहमतिमा आपत्तिजनक रहेको कर्मचारी परिषद्ले जनाएको छ।

उसले २९ औं दिनमा आन्दोलन कार्यक्रम फिर्ता गरिएकोमा पनि असहमति जनाउँदै आफ्नो आधिकारिक धारणाबाहेकका बुदाँमा असहमति रहेको पनि जनाएको छ।

परिषद्ले आगामी दिनमा आन्दोलनका थप कार्यक्रम चाँडै सार्वजनिक गरिने पनि जानकारी गराएको छ। विज्ञप्तिमा परिषद्का महासचिव शान्तिनाथ योगी र अध्यक्ष गंगाराम तिवारीले हस्ताक्षर गरेका छन् ।

यो पनि-
उधारै सम्झौतामा सकियो शिक्षक आन्दोलन

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  २ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै