जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवा  | Khabarhub Khabarhub

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवा 


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दमौली– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलशौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवाको आज शुभारम्भ गरेका छन् । 

लायन्स क्लव इन्टरनेशनल ३२५ एल नेपालसँगको सहकार्यमा केन्द्रमा सो सेवा थालनी गरिएको हो । उपचार केन्द्रमा सात वटा उपकरण जडान गरिएको छ । यसअघि तीन  उपकरणबाट परीक्षणसमेत सफल भएको जनाइएको छ । सो अवसरमा मन्त्री पौडेलले स्वास्थ्य बीमाको बक्यौता रकममध्ये २५ प्रतिशत रकम एक हप्ताभित्र भुक्तानी हुने जानकारी दिए। 

‘स्वास्थ्य बीमाको कूल बक्यौता रकमको २५ प्रतिशत रकम एक हप्ताभित्र भुक्तानी हुन्छ’, पौडेलले भने ‘वैशाख महिनासम्मको यदाकदा बाहेक भुक्तानी भइसकेको छ, अब साउन महिनासम्मको भुक्तानी हुन्छ ।’ 

मुटु उपचार सेवा विस्तार, क्यान्सर र मिर्गौला प्रत्यारोपण कार्यलाई सात वटै प्रदेशमा पु¥याउने लक्ष्यसहित अघि बढिएको उनले बताए। 
 
जीपी श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवा उपलब्ध भएसँगै मिर्गौलाका बिरामीले उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य हुने बताए ।  शुक्लागण्डकी नगरपालिका र यस आसपास क्षेत्रमा रहेका मिर्गौलाका बिरामील डायलासिसका लागि चितवन, पोखरा र काठमाडौँलगायतका लामो दूरी जानुपर्ने बाध्यता रहेको थियो । 

दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रूपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री  गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ । 

अस्पतालमा तनहुँको शुक्लागण्डकी र भीमाद नगरपालिका, म्याग्दे र रिसिङ गाउँपालिकासहित स्याङजा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।

अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ ।

अस्पतालमा ओपिडी सेवा, चौबीसै घण्टा इमर्जेन्सी सेवा, ल्याब, भिडियो एक्सरे सेवा, माइनर अप्रेशनलगायतका सेवा दिइरहेको छ । अस्पतालले श्वासप्रश्वासको उपचार सेवा पनि सुरु गरिसकेको छ । अस्पतालमा दैनिक २५० भन्दा बिरामी उपचारका लागि आउने गरेका छन् । यसमध्ये ४०-५० जना बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ । 
 

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  २ : ५० बजे

रातो मच्छिन्द्रनाथ रथ जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई सोमबार १५ गते

प्रधानमन्त्रीको स्टन्टले भारतसँग सम्बन्ध बिग्रियो : प्रभु साह

सुनसरी– आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले

नेपाललाई एमसीसीले ठूलो आर्थिक संकटमा पारिदियो : सुरेन्द्र पाण्डे

ललितपुर– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अमेरिकी सहयोग परियोजना एमसीसी

प्रथम लायन्स कप भलिबल सुरु, पहिलो खेलमा इरानी टोलीले एपीएफलाई हरायो 

पोखरा– पोखरामा प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष