लेकसाइड जाने बाटोका भित्तामा बनाइयो आकर्षक चित्र  « Khabarhub

लेकसाइड जाने बाटोका भित्तामा बनाइयो आकर्षक चित्र 


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिका वडा नम्बर ७ बुलौदीस्थित पुष्पलाल स्मृति पार्कको भित्तो पर्यटकीय स्थलहरूको चित्रहरूले रंगिएको छ । 

पोखरा महानगरपालिका र नेपाल कर्मसियल आर्टिष्ट संघको सहकार्यमा उक्त भित्तामा पोखराका प्रमुख पर्यटकीय स्थलहरूको प्रतिबिम्ब बनाइएको हो । 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले श्रमिक दिवसको अवसरमा बिहीबार ती चित्रहरू अनावरण गरे । पर्यटन राजधानी पोखराको सौन्दर्यीकरणसहित पर्यटन प्रवर्द्धनका लागि प्रयोगमा नरहेका खुला र फराकिला स्थानहरूमा यस प्रकारका आर्टहरू गरिने प्रमुख आचार्यले बताए । 

पोखराबाट देखिने हिमालय शृङ्खला, ताल, प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित मठमन्दिरहरू लगायत प्रतिबिम्बहरू बनाइएको छ । 

चित्र कोरेका कलाकारहरू रमेशकुमार राई, शिवबहादुर अधिकारी, मनोजकुमार विक, बलबहादुर राई, शिव थापा, लाल कार्की, मोहमुद खान, रामकुमार बतास, राज लामा, शिव सेर्पाली, युवराज बस्ताकोटी, राजु नेपाली र तेजबहादुर शाहीलाई कार्यक्रममा सम्मान गरिएको थियो । 

भित्ते चित्र कोर्ने सामग्री किन्ने खर्च स्वरूप कलाकारहरूलाई ५ लाख रुपैयाँ उपलब्ध गराइएको र अरु आवश्यक योगदान कलाकारहरूले गरेको पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले जानकारी दिए । 

पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले आवश्यकता अनुसार यस्ता चित्रहरू अरु ठाउँमा पनि कोरिने सुनाए । पुष्पलाल पार्क व्यवस्थापन समितिका अध्यक्ष लीलाभक्त बरालले पर्यटकहरूको सम्मान गरिनुपर्ने खाँचो औँल्याए । 

पुम्दीकोट विशाल महादेव मूर्ति स्थापनाकर्ता तथा समाजसेवी चन्द्रकान्त बरालले पर्यटकसँग सम्बन्धित रहने ट्याक्सी चालकदेखि होटल व्यवसायीलाई पर्यटक सत्कारको तालिम आवश्यक भएको विचार राखे । 

कमर्सियल आर्टिस्ट संघका अध्यक्ष रमेश राईले महानगरपालिकासँग आगामी दिनमा पनि सहकार्य गर्ने बताए । नागरिक अगुवा रामबहादुर पौडेलले भित्तामा कोरिएका चित्रबाट सौन्दर्य बढाउने काम भइरहेको विचार राखे ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ४ : ४६ बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर