लेकसाइड जाने बाटोका भित्तामा बनाइयो आकर्षक चित्र  « Khabarhub

लेकसाइड जाने बाटोका भित्तामा बनाइयो आकर्षक चित्र 


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिका वडा नम्बर ७ बुलौदीस्थित पुष्पलाल स्मृति पार्कको भित्तो पर्यटकीय स्थलहरूको चित्रहरूले रंगिएको छ । 

पोखरा महानगरपालिका र नेपाल कर्मसियल आर्टिष्ट संघको सहकार्यमा उक्त भित्तामा पोखराका प्रमुख पर्यटकीय स्थलहरूको प्रतिबिम्ब बनाइएको हो । 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले श्रमिक दिवसको अवसरमा बिहीबार ती चित्रहरू अनावरण गरे । पर्यटन राजधानी पोखराको सौन्दर्यीकरणसहित पर्यटन प्रवर्द्धनका लागि प्रयोगमा नरहेका खुला र फराकिला स्थानहरूमा यस प्रकारका आर्टहरू गरिने प्रमुख आचार्यले बताए । 

पोखराबाट देखिने हिमालय शृङ्खला, ताल, प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित मठमन्दिरहरू लगायत प्रतिबिम्बहरू बनाइएको छ । 

चित्र कोरेका कलाकारहरू रमेशकुमार राई, शिवबहादुर अधिकारी, मनोजकुमार विक, बलबहादुर राई, शिव थापा, लाल कार्की, मोहमुद खान, रामकुमार बतास, राज लामा, शिव सेर्पाली, युवराज बस्ताकोटी, राजु नेपाली र तेजबहादुर शाहीलाई कार्यक्रममा सम्मान गरिएको थियो । 

भित्ते चित्र कोर्ने सामग्री किन्ने खर्च स्वरूप कलाकारहरूलाई ५ लाख रुपैयाँ उपलब्ध गराइएको र अरु आवश्यक योगदान कलाकारहरूले गरेको पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले जानकारी दिए । 

पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले आवश्यकता अनुसार यस्ता चित्रहरू अरु ठाउँमा पनि कोरिने सुनाए । पुष्पलाल पार्क व्यवस्थापन समितिका अध्यक्ष लीलाभक्त बरालले पर्यटकहरूको सम्मान गरिनुपर्ने खाँचो औँल्याए । 

पुम्दीकोट विशाल महादेव मूर्ति स्थापनाकर्ता तथा समाजसेवी चन्द्रकान्त बरालले पर्यटकसँग सम्बन्धित रहने ट्याक्सी चालकदेखि होटल व्यवसायीलाई पर्यटक सत्कारको तालिम आवश्यक भएको विचार राखे । 

कमर्सियल आर्टिस्ट संघका अध्यक्ष रमेश राईले महानगरपालिकासँग आगामी दिनमा पनि सहकार्य गर्ने बताए । नागरिक अगुवा रामबहादुर पौडेलले भित्तामा कोरिएका चित्रबाट सौन्दर्य बढाउने काम भइरहेको विचार राखे ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ४ : ४६ बजे

आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४

विश्व राजनीति : ईयु– अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले ग्रिनल्याण्ड विवादका कारण बढ्दो तनावको

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र