पत्रकार महासङ्घद्वारा निःशुल्क स्वास्थ्य परीक्षण « Khabarhub

पत्रकार महासङ्घद्वारा निःशुल्क स्वास्थ्य परीक्षण


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासङ्घले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । विश्वभर हरेक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइन्छ ।

सोही अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्यमा महासङ्घको केन्द्रीय कार्यालयमा नसर्ने रोगको परीक्षण गरिएको हो । शिविरमा बिएमआइ (बडी मास इन्डेक्स), उच्च रक्तचाप, मधुमेह, मृगौलासम्बन्धी जाँच गरिएको थियो । पाठेघरको मुखको स्क्रिनिङ भने नाम टिपाएकाहरुले पायक पर्ने सरकारी अस्पतालमा गर्न सकिने आयोजकले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मानिसको व्यस्तता बढेसँगै जीवनशैलीमा परिवर्तन आएका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको बताए। 

उनले भने, ‘नसर्ने रोग रोकथाम गर्न सकिने रोग हो । बेलैमा रोकथाम गर्न सके पछि जटिल रोग लाग्दैन । स्वास्थ्य जीवनशैली अपनाउनुपर्छ । शारीरिक र मानसिक स्वास्थ्य दुवै महत्वपूर्ण छ ।’

जनस्वास्थ्य कार्यालय, काठमाडौँका प्रमुख वसन्त अधिकारीले नियमित व्यायाम तथा स्वस्थ खानपानमा ध्यान दिँदा नसर्ने रोगबाट बच्ने सकिने बताए। 

उनले भने, ‘नेपाली समाजमा हेर्ने हो भने मोटोपन, मधुमेह, हाइपरटेन्सन बढ्दो छ । नसर्ने रोगको नियन्त्रणमा सबै लाग्नुपर्छ ।’

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले समाचारलाई पहिलो प्राथमिकतामा राख्ने पत्रकारहरूले स्वास्थ्यको ध्यान सोचेजस्तो राख्न नसकेको बताए। 

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ५ : २१ बजे

उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा अध्ययन–अनुसन्धानको

वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौं- सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम

युक्रेनमा रुसी आक्रमण : एक जनाको मृत्यु, २३ घाइते

एजेन्सी – युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि

प्रचण्डदेखि सभामुखसम्मलाई टक्कर दिने यी महिला उम्मेदवार

काठमाडौं- फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ ३

सर्लाही–४ का युवासँग गगनले भने- विश्वास गर्नुस्, गुनासो गर्ने मौका दिने छैन

काठमाडौं – नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापाले