आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने « Khabarhub

आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)को दोस्रो राष्ट्रिय महाधिवेशन वैशाख २० र २१ गते काठमाडौंमा हुने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले दोस्रो राष्ट्रिय महाधिवेशनको तयारी समेत पुरा भइसकेको जनाएको छ ।

महाधिवेशनमा देशभरमा ३५ जातीय घटक संघ, ७ प्रदेश महासंघ र ७० जिल्ला महासंघबाट करिब ६ सयभन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)का अध्यक्ष वीर बहादुर बुढाथोकी मगरले जानकारी दिए । 

महाधिवेशनमार्फत विभिन्न प्रस्तावका साथै राजनीतिक तथा सांगठनीतक प्रतिवेदन पारित हुने मगरले बताए । उनले विभिन्न समुदायको अधिकार स्थापित गरिएको संविधानको रक्षा गर्दै कार्यान्वयन गर्ने वातावरण बनाउन माग गरे । मुलुकको व्यवस्था विरुद्ध देखिएको अराजक प्रवृत्तिलाई निरुत्साहित गर्न राज्य गम्भीर हुनुपर्ने उनको भनाइ छ ।  

त्यस्तै अध्यक्ष मगरले संघीय संरचना बमोजिम ऐन, कानून निर्माण गर्ने कार्यमा ढिलाइ नगर्न समेत आग्रह गरे ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ५ : ५७ बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा