आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने « Khabarhub

आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)को दोस्रो राष्ट्रिय महाधिवेशन वैशाख २० र २१ गते काठमाडौंमा हुने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले दोस्रो राष्ट्रिय महाधिवेशनको तयारी समेत पुरा भइसकेको जनाएको छ ।

महाधिवेशनमा देशभरमा ३५ जातीय घटक संघ, ७ प्रदेश महासंघ र ७० जिल्ला महासंघबाट करिब ६ सयभन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)का अध्यक्ष वीर बहादुर बुढाथोकी मगरले जानकारी दिए । 

महाधिवेशनमार्फत विभिन्न प्रस्तावका साथै राजनीतिक तथा सांगठनीतक प्रतिवेदन पारित हुने मगरले बताए । उनले विभिन्न समुदायको अधिकार स्थापित गरिएको संविधानको रक्षा गर्दै कार्यान्वयन गर्ने वातावरण बनाउन माग गरे । मुलुकको व्यवस्था विरुद्ध देखिएको अराजक प्रवृत्तिलाई निरुत्साहित गर्न राज्य गम्भीर हुनुपर्ने उनको भनाइ छ ।  

त्यस्तै अध्यक्ष मगरले संघीय संरचना बमोजिम ऐन, कानून निर्माण गर्ने कार्यमा ढिलाइ नगर्न समेत आग्रह गरे ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ५ : ५७ बजे

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला