प्रथम लायन्स कप भलिबल सुरु, पहिलो खेलमा इरानी टोलीले एपीएफलाई हरायो  « Khabarhub

प्रथम लायन्स कप भलिबल सुरु, पहिलो खेलमा इरानी टोलीले एपीएफलाई हरायो 


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।  

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सुरु प्रतियोगिताको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्‌घाटन गरे ।  

उद्‌घाटन खेलमा इरानी टोलीले विजयी सुरुआत गरेको छ । प्रतियोगिताको समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा इरानी टोलीले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३-१ को सेटमा पराजित गर्‍यो । पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेको इरानी टोली दोस्रो सेटमा पछि पर्‍यो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा एपीएफले ३१-२९ ले इरानी टोलीलाई हरायो । २९-२९ को अवस्थामा रहेको बेला लगातार दुई अंक ल्याउँदै एपिएफले ३१–२९ ले आफ्नो पक्षमा पार्‍यो । 

तेस्रो सेट र चौथो सेटमा इरानी टोलीले पुनरागमन गर्दै ३-१ सेटमा जित निकाल्यो  । इरानी टोलीले एपीएफलाई तेस्रो सेट २५–२३ र चौथो सेट २५–१९ ले पराजित गरेको हो ।  दोस्रो खेलमा समूह ‘बी’ अन्तर्गत भारतीय टोली र नेपाल पुलिस क्लब प्रतिष्पर्धामा उत्रिएका छन् । 

प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा इरानी टोली, एपीएफ र गण्डकी प्रदेश छन् । भने समूह ‘बी’ मा भारतीय टोली, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब छन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल बैशाख २२ गते हुनेछ । 

प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ । 

सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेहरूलाई ८ हजार ४४४ रुपैयाँ प्रदान गरिने डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए । लायन्सको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भलिबलको प्रवद्र्धन र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको अर्यालले बताए ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ६ : ०४ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा