नेपाललाई एमसीसीले ठूलो आर्थिक संकटमा पारिदियो : सुरेन्द्र पाण्डे « Khabarhub

नेपाललाई एमसीसीले ठूलो आर्थिक संकटमा पारिदियो : सुरेन्द्र पाण्डे


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अमेरिकी सहयोग परियोजना एमसीसी रोकिँदा नेपाललाई झन् अप्ठ्यारो परेको बताएका छन् । 

राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि करिब १०२ अर्बको एमसीसी परियोजना बन्द हुँदा देश तरङ्गित भइरहेका बेला पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले यस्तो भनेका हुन् ।

सेन्टर फर पोलिसी रिसर्चले बिहीबार ललितपुरमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले भने- ‘अहिले एमसीसी रोकिनु नेपालका लागि कास्टिङ हो । अहिले अमेरिकाले दिने भनेको ५५ करोड डलरको करिब ७५ अर्ब रुपैयाँ नेपाली पैसा रोकिएको छ । त्यसमा नेपालले १४ अर्ब हाल्ने भनेको थियो । तर, २७ अर्ब पुग्दा १०२ अर्बको परियोजना रोकिने भयो ।’

उनले अब नेपालका लागि एमसीसी निल्नु न ओकल्नु बनेको पनि बताए । ‘अहिलेसम्म तीनवटा ठेक्का लागेको छ। तीनवटा ठेक्कालाई मात्रै पनि नेपालले लगानी गर्नुपर्ने बाध्यता आएको छु,’ उनले भने, ‘एमसीसी कार्यान्वयनको १९ महिना सकियो । नेपालले अबको ३ वर्षमा प्रतिवर्ष ३४ अर्ब निकाल्नु पर्छ।’

पाण्डेले लागिसकेका तीनवटा ठेक्काको काम बढाउनै पर्नु बाध्यतामा नेपाल रहेको बताएका छन् ।

 ‘अब ती लागिसकेका ठेक्का रद्द गर्न सकिँदैन । त्यसो गरे ठेकेदार अन्तर्राष्ट्रिय अदालत जान्छ। ठेकेदारलाई नेपालले क्षतिपूर्ति दिनुपर्छ,’ उनले भने, ‘जसो गर्दा पनि हामीलाई एमसीसीले आर्थिक भार थप्यो।’

पूर्वअर्थमन्त्री पाण्डेले अमेरिकाले युएसएआइडीको पनि सहयोग रोकेको बताए ।

 ‘युएसएआइडीको थप ५ वर्षका लागि ९० अर्बको सम्झौता भएको थियो’, उनले भने, ‘त्यो रोकिएपछि कयौँ कार्यालय बन्द भए, ताला लागे। जहाजदेखि होटलसम्म असर परेको छ । अब राजनीतिक क्षेत्र र व्यवसायीले यो संकटबाट अर्थतन्त्र अगाडि लान योजना बनाउनु आवश्यक छ ।’

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ६ : १६ बजे

कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ?

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपाली

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि