इस्तानबुलमा प्रदर्शन रोक्ने क्रममा ४०० जना पक्राउ | Khabarhub Khabarhub

इस्तानबुलमा प्रदर्शन रोक्ने क्रममा ४०० जना पक्राउ


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल– टर्कीको इस्तानबुलमा मे दिवसको प्रदर्शन रोक्नका लागि प्रहरीले बिहीबार ४०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ ।

शहरका अधिकारीहरूले मेट्रो, बस र डुङ्गा सेवाहरू बन्द गरे र शहरको मध्य तक्सिम स्क्वायरमा विरोध प्रदर्शन गर्ने योजना बनाइरहेका १०० जनालाई प्रहरीले गिरफ्तार गरेका छन् । इस्तानबुलमा सन् २०१३ देखि प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ ।

यस वर्षको मे दिवस प्रमुख विपक्षी रिपब्लिकन पिपुल्स पार्टी (सीपीएच)सँग राष्ट्रपतिपदका उम्मेदवार एकरेम इमामोग्लुलाई हिरासतमा लिएपछि विवादमा फसेको छ । इस्तानबुलका मेयर रहेका इमामोग्लुलाई राष्ट्रपति रेसेप तैयप एर्दोआनको सबैभन्दा ठूलो राजनीतिक प्रतिद्वन्द्वी मानिएको छ ।

सीएचडी वकिल समूहको इस्तानबुल शाखाले बिहीबार एक्समा लेखेको छ, “प्रदर्शन गर्न खोजेकोृ आरोपमा पक्राउ पर्नेको सङ्ख्या ४०० भन्दा बढी छ ।” शहरका अधिकारीहरूबाट हिरासतमा लिइएको बारेमा तत्काल कुनै टिप्पणी गरिएको छैन।

शहरको युरोपतर्फको छिमेकमा दर्जनौं व्यक्तिलाई पक्राउ गरिएको आफूहरूले देखेको एएफपीका स्थानीइ पत्रकारहरूले बताएका छन् । स्थानीय सञ्चार माध्यम र एएफपीका एक पत्रकारका अनुसार शहरको एसियाली क्षेत्रमा मजदुर युनियनहरूले आह्वान गरेको विरोध प्रदर्शनमा सहभागी हुन हजारौँ मानिस भेला भएका थिए।

बुधबार अधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलले टर्कीलाई ताक्सिममा भएको प्रदर्शनमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेको थियो । एम्नेस्टीका युरोपसम्बन्धी विशेषज्ञ दिनानुशिका दिसानायकेले भन्नुभयो, “तक्सिम स्क्वायरमा मे दिवस मनाउन लगाइएको प्रतिबन्ध सार्वजनिक व्यवस्थाको लागि पूर्णतया बनावटी सुरक्षाका लागि भनी लगाइएको छ र यसलाई तत्काल हटाउनुपर्छ ।

हरेक वर्ष जस्तै यो बर्ष पनि यस स्क्वायरलाई धेरै दिनदेखि व्यापक प्रहरीसहित कडा सुरक्षा घेरामा राखिएको थियो । मे दिवसका दिन हुनसक्ने सम्भावित प्रदर्शनलाई रोक्ने उद्देश्यका साथ प्रशासनले इस्तानबुल शहरमा कम्तीमा ५० हजार प्रहरी तैनाथ गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ८ : २४ बजे

जलवायु परिवर्तनको जोखिम घटाउन उपराष्ट्रपतिको आग्रह

काठमाडौं – उपराष्ट्रपति राम सहाय प्रसाद यादवले जलवायु परिवर्तनको बढ्दो

भारतको किट विश्वविद्यालयकाे छात्रावासमा नेपाली छात्रा मृत फेला

काठमाडौं – भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो, उद्योगलाई सहज

काठमाडौं – छिमेकी मुलुक भारतबाट नेपालमा आयात गरिएको विद्युत्को समय

रातो मछिन्द्रनाथको रथयात्रा सुरु, आज गावहाल पुर्‍याइयो

ललितपुर – वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि

नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरसहित तीनजना पक्राउ

जनकपुरधाम – डिभिजन वन कार्यालय धनुषाले अवैध रुपमा सामुदायिक वनबाट