आज २०८२ साल जेठ १८ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ १८ गते आइतबारको राशिफल


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ १८ गते आइतबार। जेठ शुक्ल पक्षको पष्ठी तिथि। कुमार षष्ठी। तदनुसार सन् २०२५ जुन १ तारिख। वन उपभोक्ता दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आज तपाईंका लागि दिन सामान्य छ। राजनीतिमा त्रास बढ्नेछ। जुनसुकै काम गर्दा पनि धेरै मिहिनेत गर्नुपर्नेछ। लगानीका क्षेत्रमा ढिलासुस्ती हुनेछ। शिक्षाको क्षेत्रमा भने प्रगति हुनेछ।

वृष : दिन सामान्य छ। हरेक क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बाध्यता आइपर्नेछ। साथीसँग सहकार्य गरेर सुरु गरेको कामबाट फाइदा होला। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आज तपाईं धनका पछाडि लाग्दा इज्जत गुम्ने खतरा छ। व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने दिन छ। मन अशान्त बन्ने जोखिम छ।

कर्कट : राम्रो काम बन्नेछ। बोलीमा सरस्वतीको बास छ। बोल्दा तीन पटक सोचेर बोल्नु उपयुक्त होला। साथीसँग सल्लाह गरेर मात्र ठुलो लगानीमा हात लगाउनु उचित हुनेछ।

सिंह : अनावश्यक यात्राले मनमा असन्तोष पैदा हुनेछ। लामो यात्रा नगर्नु राम्रो हुन्छ। आम्दानीका लागि ठुलो मिहिनेत गर्नुपर्ने दिन छ। परिवारमा बढी विश्वास गर्नाले धोका हुनेछ।

कन्या : आज तपाईंका लागि दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। सोचेको काम बन्नेछ। विरोधी कमजोर हुनेछन्। परिवारसँगको सम्बन्ध सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : भाग्यमा शुभग्रहले साथ दिएको छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। शिक्षामा सफलताका लागि लामो समय मिहिनेत गर्नुपर्ने बाध्यता आइपर्न सक्छ।

वृश्चिक : राज्यको उच्च तहबाट साथ र सहयोग मिल्नेछ। राजनीतिक गर्ने भए महत्त्वपूर्ण नियुक्ति मिल्नसक्ने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीभाइले हरेक काममा सहयोग गर्नेछन्।

धनु : अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ। आज घुमघामको अवसर प्राप्त हुनेछ। परिवारको साथमा गरेको घुमघाम अविस्मरणीय बन्नेछ। आफन्तले प्रशंसा गर्नेछन्।

मकर : तपाईंका लागि दिन राम्रो छ। डुब्न लागेको धन हात लाग्नेछ। साथीको साथले महत्त्वपूर्ण काम बन्नेछ। शिक्षाको क्षेत्रमा भने मिहिनेत गर्नुपर्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : आज तपाईंलाई विपक्षीले सताउने भएकाले सचेत भएर काम गर्नुपर्नेछ। हरेक ठाउँमा मिहिनेत गर्दा सफलता मिल्नेछ। स्वास्थ्यमा सचेत बन्न खानपानमा विशेष ध्यान दिनु आवश्यक छ।

मीन : शिक्षामा प्रगति हुनेछ। थोरै बोलेर गरेको काम सफल बन्नेछ। आफ्नो योजना सहकर्मीसँगसँगै अगाडि बढाएमा नाफा होला। घर परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ५ : ०३ बजे

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगञ्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान

तनहुँमा आइपुग्यो मतपत्र

दमौली– यही फागन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

कञ्चनपुर–  सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ ।

पल शाहको जन्म दिन पारेर ‘आबाट आमा’को सिक्वेल घोषणा, दशैँमा प्रदर्शन

काठमाडौं – नायक पल शाहको जन्म दिन पारेर आइतबार फिल्म

टाटा कमर्सियल गाडीको सुरक्षित यात्राको लागि आजबाट होली सर्भिस क्याम्प

काठमाडौं– होली पर्व नजिकिँदै गर्दा टाटा कमर्सियलले ग्राहकलाई आजदेखि १५ गते