भारतमा बाढीमा परेर ३२ जनाको मृत्यु : १८ जिल्ला प्रभावित « Khabarhub

भारतमा बाढीमा परेर ३२ जनाको मृत्यु : १८ जिल्ला प्रभावित


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उत्तरी भारतमा लगातारको २४ घण्टाको बाढीका कारण गएको पहिरोका कारण कम्तीमा ३२ जनाको ज्यान गएको छ।

आसाम, मेघालय, नागाल्यान्ड, मिजोरोम र अरुणाञ्चल बाढीका कारण प्रभावित थिए। आसामका कुल ९ जनाको ज्यान गएको छ। त्यहाँको प्रशासनले १८ जिल्ला बाढीले प्रभावित भएको जनाएको छ। पहाडी जिल्लाका धेरै स्थान जोखिममा रहेको बताउँदै सतर्कता अपनाउन भनिएको छ।

गुहाजटप र तेजपुरमा अहिलेसम्मकै धेरै पानी परेको जनाइएको छ। अरुणाञ्चलमा कार पहिरोमा चिप्लिएपछि दुई परिवारका गरेर सात जनाको ज्यान गएको छ। मेघालयमा तीन बालबालिका सहित सात जनाको ज्यान गएको छ। संसारकै सबै भन्दा धेरै पानी चेरापुन्जीमा लगातार वर्षा भइरहेको छ।

नागाल्यान्डमा बाटोमा ढुङ्गा खस्दा यात्रामा रहेका एक युवाको ज्यान गएको छ। मिजोरोममा पनि २४ घण्टाको अन्तरालमा सात जनाको ज्यान गएको छ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ७ : २६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै