युद्ध विरामका लागि हमासले दियो अमेरिकालाई प्रतिक्रिया : के के छन् सर्त ? « Khabarhub

युद्ध विरामका लागि हमासले दियो अमेरिकालाई प्रतिक्रिया : के के छन् सर्त ?


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

इजरायल हमासले युद्ध विरामका लागि अमेरिकी प्रस्तावमा प्रतिक्रिया दिएको छ। १० जीवित इजरायली बन्दी तथा १८ शव हस्तान्तरण गर्न हमास तयार भएको छ। तर उसले आफ्नो तर्फबाट पनि वार्ताका लागि केही सर्त राखेको छ।

गाजाबाट इजरायली सेना हटाउन तथा पूर्ण शान्तिका लागि हमासले सर्त राखेको हो। साथै निरन्तर राहत उपलब्ध गराउने अर्को सर्त छ। अहिले प्रस्ताव गरिएको सर्तमा यी विषय समावेश छैनन्।

अमेरिकाले इजरायलले सो प्रस्ताव स्वीकार गरिसकेको बताएको छ। मध्यपूर्वका लागि अमेरिकी दूत स्टिफ विटकोफले भने यो सर्त अस्वीकार्य रहेको बताएका छन्। उनले हमासले युद्ध विराम सुरु गरेपछि मात्र अन्य विषयमा छलफल हुने बताए।

युद्ध सुरु भए यता नै हमासले अहिले आफूलाई सबै भन्दा अप्ठेरो अवस्थामा पाएको छ। गाजामा बसोबास गर्ने २२ लाख मानिस अहिले सबैभन्दा अप्ठेरो अवस्थामा छन्। यसले उनीलाई उनीहरूलाई युद्ध विरामका लागि दबाब दिइरहेको छ।

हमासका वार्ता संयोजक खालिल अल हाया भने अल्पकालीन शान्तिको प्रस्ताव मान्न तयार छैनन्। इजरायलले जमिनमा आक्रमण गर्ने तयारी गरेको कुरामा सचेत हुँदै हमास अमेरिकाको प्रस्ताव मानी हाल्ने पक्षमा पनि छैन।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ८ : १० बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै