परराष्ट्रमन्त्री डा. राणा हङकङबाट स्वदेश फिर्ता | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री डा. राणा हङकङबाट स्वदेश फिर्ता


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङ भ्रमण सकेर स्वदेश फर्किएकी छन्।

चीन सरकारद्वारा यही जेठ १६ गते आयोजित अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर डा. राणा गएराति स्वदेश फर्किएकी हुन्।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा सो समारोहमा सहभागी हुन मन्त्री डा. राणा गत बुधबार हङकङ प्रस्थान गरेकी थिइन्। नेपाल सो सङ्गठन स्थापना गर्ने सम्बन्धी महासन्धिको हस्ताक्षर कार्यक्रममा पर्यवेक्षकका रुपमा सहभागी भएको हो।

उक्त महासन्धिमा ३२ मुलुकले हस्ताक्षर गरेका थिए भने हस्ताक्षर गर्ने सो समारोहमा ५० भन्दा बढी मुलुक र २० भन्दा बढी अन्तर्राष्ट्रिय सङ्घसङ्गठन सहभागी भएका थिए। उक्त सङ्गठनले विभिन्न देशबीच, एक देश र अर्को देशको कम्पनी वा नागरिकबीच एवं विभिन्न मुलुकका निजी व्यवसायबीचका विवादलाई मध्यस्थताद्वारा समाधान गर्ने उद्देश्य लिएको छ।

यसै कार्यक्रमका सिलसिलामा मन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेकी छन्। उक्त भेटका अवसरमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ गर्दै जाने विषयमा कुराकानी भएको जानकारी मन्त्री डा राणाले दिइन्।

उनले भेटघाटमा नेपाल र चीनबीच आर्थिक, प्राविधिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने तथा चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजना समयमै सम्पन्न गर्ने विषयमा कुराकानी भएको बताइन्।

मन्त्री डा. राणाले भन्नुभयो “यसवर्ष अर्थात् सन् २०२५ नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ परेकोले यस अवसरलाई विशेष कार्यक्रमहरूसहित मनाउने र दुई मुलुकबीच उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने कार्यलाई निरन्तरता दिने विषयमा पनि कुराकानी भएको छ।”

मन्त्री डा राणाले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको उत्तरपूर्व एशिया महाशाखाका प्रमुख भृगु ढुंगाना र हङ्गकङ्गस्थित नेपालका महावाणिज्यदूत डा विन्देश्वरप्रसाद लेखक लगायत परराष्ट्र मन्त्रालय र महावाणिज्यदूतावास हङकङका प्रतिनिधिहरू सहभागी थिए।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ९ : ०७ बजे

चाडपर्वका अवसरमा सावधानी अपनाउन एआइजी कार्कीको आग्रह

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर

कोरोला नाका स्तरोन्नति गरी व्यवस्थित रूपमा सञ्चालन गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङमा अवस्थित

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र खनाल

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र

मुख्यमन्त्री शाहद्वारा गोदावरी नगरपालिकाको स्थलगत अनुगमन

गोदावरी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरी नगरपालिकामा गत

धरानका मेयर साम्पाङले खोले ‘श्रम संस्कृति पार्टी’, दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले निर्वाचन आयोगमा दल दर्ताका