पहिराले उदयपुरका ग्रामीण सडक अवरुद्ध | Khabarhub Khabarhub

पहिराले उदयपुरका ग्रामीण सडक अवरुद्ध


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गाईघाट– जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडक बाढी पहिराका कारण अवरुद्ध भएको छ । सदरमुकाम गाईघाटबाट रौता–सल्ले, रौता–भुटारसहितका ग्रामीण सडक अवरुद्ध भएका रौता सल्लेको विष्णु पाठकले बताए ।

शनिबार बिहानको भीषण वर्षाका कारण यी क्षेत्रको ग्रामीण सडक भत्किएको र कतिपय  पहिराले पुरिएका उनले बताए । 

रौता–नामन्त, रौता–आँपटार, नामेटार–ओख्रेनी, रामेटार–भदौरेसहित पाँबु क्षेत्रका ग्रामीण सडक पनि अवरुद्ध भएका स्थानीय डिल्लीराम मगरले बताए। 

रौता–मुर्कुची भएर डिल्लीबर हुँदै माझखर्क जाने सडक पनि विभिन्न स्थानमा भत्किएका र बाढीले बगाउँदा अवरुद्ध भएको स्थानीय दिव्यराज मगरले बताए ।

निरन्तरको वर्षाले जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडक भत्काएर खाल्डो परेको वा पहिराले पुरिएको कारण अहिले मोटरसाइकलसमेत सञ्चालन हुन नसकेको माझखर्कका जम्बु शेर्पा बताउँछन् । 

मुर्कुची–डिल्लीबर–माझखर्क भएर लिम्चुङबुङको बासबोटे बराह जाने ग्रामीण सडक पनि अवरुद्ध भएको छ । 

उदयपुरगढी गाउँपालिकाको भलायाडाँडा–बर्रे, डुम्रे–उदयपुरगढी सडक पनि भत्किएकाले यातायातका साधन सञ्चालनमा समस्या भएको डुम्रेका गङ्गा मगरले बताइन् । 

बेलका नगरपालिका–८ को कोठुबाट मैनामैनी जोड्ने सडक भत्किएर अवरुद्ध भएको छ । शनिबारको वर्षाको कारण जिल्लाका चार पहाडी गाउँपालिकाका सडक अवरुद्ध भएका जानकारी उनले दिइन् । –रासस

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  १२ : १४ बजे

श्रम अदालतमा एक वर्ष नाघेका मुद्दा शून्य

काठमाडौं–  श्रम अदालतले एक वर्ष नाघेका सबै मुद्दाको छिनोफानो गरेको

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

ललितपुर– महालक्ष्मी नगरपालिका-१ इमाडोल सम्झनाटोल बस्ने ७० वर्षीय सानुबाबु देउलाको घरमा जुवातास

पदमै रहने जापानका प्रधानमन्त्री इशिबाको चाहना

टोकियो- जापानका प्रधानमन्त्री शिगेरु इशिबाले चुनावमा पराजय भोगेपछि बढ्दो मूल्यवृद्धि

कांग्रेस महामन्त्री, गृहमन्त्री र प्रमुख सचेतकबीच भूमिसम्बन्धी विधेयकबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाको चालु अधिवेशनमा सैद्धान्तिक छलफल भएको ‘भूमिसम्बन्धी

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

किमाथाङ्का– सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत् आयोजनामा