काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले शनिबार १२ जना पत्रकारलाई गोप्य निमन्त्रणा गरेर ललितपुरको हिमालयन होटेलमा ब्रेकफास्ट खुवाए ।
सहभागी एक पत्रकारकाअनुसार समाचार नलेख्ने र छलफल मात्रै गर्नेगरी उक्त ब्रेकफास्ट भेटघाट आयोजना गरिएको थियो । जहाँ प्राधिकरणका प्रवक्ता राजन ढकाल र प्रबन्ध निर्देशक शाक्यको सचिवालयका नारायण अर्याल पनि सहभागी थिए ।
ब्रेकफास्टका लागि पत्रकारलाई शुक्रबार खबर गरेर शनिबार बिहान ८ बजे नै बोलाइएको थियो । ‘प्रवक्ता ढकाल बोलाएका पत्रकारको नामवाली प्रिन्ट नै गरी हातमा लिएर बसेका थिए’, सहभागी एक पत्रकारले बोलाए ।
ब्रेकफास्टमा के भने शाक्यले ?
कांग्रेस–एमालेको संयुक्त सरकार निर्माणसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङबीचमा अन्तरविरोध सुरू भएको थियो । जसमा त्यसबेला पत्रकारहरू पनि विभाजित भएका थिए ।
अहिलेको सरकारले हितेन्द्रलाई प्राधिकरणमा लसँगै ‘केही’ पत्रकारहरूको सामूहिक भेटघाट भएको थिएन । पत्रकारहरूसँग सामिप्यता बढाउने र सल्लाह माग्ने उद्देश्यले शाक्यले गोप्य ब्रेकफास्ट आयोजना गरेको हुनसक्ने एक सहभागीले बताए ।
ब्रेकफास्टमा निर्देशक शाक्यले पत्रकारहरूसँग सुझाव मागेका थिए भने प्राधिकरणको पछिल्लो अवस्थाबारे जानकारी गराए ।
सामाजिक सञ्जालमा एउटा पक्षले शाक्य प्राधिकरणमा आएसँगै लोडसेडिङ हुने प्रचार गरेको थियो । लोडसेडिङ नभए पनि उनी आएसँगै काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा झ्याप–झ्याप लाइन जाने अवस्था बढेको छ ।
पछिल्लो दुई हप्तायता देशको विभिन्न भागमा पानी परेर नदीहरूमा पानीको प्रवाह बढिसकेको भइसकेको छ । प्राधिकरणले जेठ पहिलो सातादेखि विद्युत्को निर्यात थालेको जनाएको छ । तर, बिजुली झ्याप–झ्याप जान नछाडेको आक्रोश सामाजिक सञ्जालमा अझै पनि देख्न सकिन्छ ।
त्यही विषयलाई लिएर पत्रकार बोलाएका शाक्यले आफू आएपछि प्राधिकरणको सिस्टममा फेरबदल नभए पनि समस्या बढेको स्वीकार गरेका थिए । उनले प्रणालीको समस्या समाधानका लागि कर्मचारीले आफूलाई सहयोग गर्नुको विकल्प नभएको पनि पत्रकारलाई बताएका थिए ।
‘प्राधिकरणको प्रणाली त्यस्तो कमजोर छैन, तर समस्या समाधान गर्ने काम समयमै नभएको भन्ने लागेको छ’, उनले पत्रकारहरूलाई भने । तर, प्राधिकरणका कर्मचारीले आफूलाई सहयोग नगरेको औपचारिक रूपमा भन्ने अवस्थामा उनी पुगेका छैनन् ।
अर्का एकजना सहभागीले शाक्यमा नेतृत्वदायी क्षमता नभएको जस्तो देखिएको बताए । ‘सिस्टम कन्ट्रोलमै छैन भन्ने प्रकारको कुरा उहाँबाट आएको थियो,’ उनले भने ।
‘प्राविधिक रूपमा कुनै समस्या छैन, तर कर्मचारीले साथ नदिए जस्तो महसुस भएको आशय उहाँले व्यक्त गर्नुभएको छ’, सहभागी पत्रकारले भने ।
प्राधिकरणका केही आयोजनाका कर्मचारीले बढी भत्ता पाउने व्यवस्था छ । शाक्य प्रबन्ध निर्देशकमा आइसकेपछि विशेषगरी एमाले–कांग्रेसनिकट कर्मचारीले ती ठाउँमा सरुवा हुन खोज्दा असहयोग गरेको हुनसक्ने देखिएको अनुमान भइरहेको सहभागी ती पत्रकारको भनाइ छ ।
प्रबन्ध निर्देशक शाक्यले अहिलेको अवस्थामा उपत्यकामा थप एक सय मेगावाट बढी विद्युतको माग हुँदा पनि आपूर्ति गर्ने अवस्था रहेको बताएका थिए । उनले आगामी दिनमा समस्या समाधान गर्ने हिसाबले पम्पिङ स्टोरेज योजना सञ्चालन गर्ने, रेस्पोन्स टिम बनाउने लगायत काम गर्न खोजेको बताएका थिए ।
प्राधिकरणका प्रवक्ता राजन ढकालले शनिबार पत्रकारसँग भएको कार्यक्रममा सुझाव लिइएको बताए । उनले प्रबन्ध निर्देशकले सुझावकै लागि उक्त कार्यक्रम आयोजना गरेको बताए ।
उनले कार्यक्रम प्राधिकरणको तर्फबाट भन्दा प्रबन्ध निर्देशकले नै अनौपचारिक रुपमा आयोजना गरेको प्रतिक्रिया खबरहबलाई प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया