वरिष्ठ साहित्यकार गणेश रसिकको निधन « Khabarhub

वरिष्ठ साहित्यकार गणेश रसिकको निधन


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका साहित्यकार, गीतकार एवम् गायक गणेश रसिकको आइतबर काठमाडौंमा निधन भएको छ ।

प्रोस्टेट क्यान्सरका बिरामी ७८ वर्षीय रसिकको ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको उनको परिवरारका सदस्यले जनाएका छन् ।

रसिकको पार्थिव शरीर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । रसिककी छोरी बेलायतमा रहेकी छन् । उनी सोमबार नेपाल फर्किएपछि मात्रै रसिकको अन्तिम संस्कार गरिने भएको छ।

भोजपुरमा जन्मिएर इलामलाई कर्मथलो बनाएका रसिकले क्यान्सरले सताएपछि उपचारका लागि भारतसमेत पुगेका थिए ।

भारतमा क्यान्सर अन्तिम चरणमा रहेको पुष्टि भएपछि उनी नेपाल आएका थिए । नेपाल आएपछि उहाँको स्वास्थ्यमा सुधार भइरहेको रसिकले अन्तत: जीवनसँग हार मानेका छन् ।

रसिकाका कथासङ्ग्रह ‘क्षितिजलाई छुन खोज्दा’ (२०२४), ‘एउटा सारंगी छुन खोज्दा’ (२०२७), ‘बिलाउँदै गएका गीत’ (२०५८); गीतिसङ्ग्रह ‘रसिकका गीतहरू’ (२०४५) र ‘स्वाधिनताको पीडा’ (२०६८); उपन्यास ‘आकाशगंगाको ओतमुनि’ (२०४८) र ‘दशगजामा उभिएर हेर्दा’ (२०६३); संस्मरण  ‘जब सिस्नुहरू टेक्दै हिँडेँ’ (२०५५) र ‘पेरुङ्गो संस्करण’ (२०७३) सहितका कृति छापिएका छन् ।

उनले रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक (२०३८–२०४०), सांस्कृतिक संस्थानको महाप्रबन्धक (२०४०–२०४६), साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक (२०५२–२०५५), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव (२०७२–२०७५) जस्ता प्राज्ञिक संस्थानमा पनि नेतृत्वदायी भूमिकासहित काम गरेका थिए ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  २ : १९ बजे

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको