प्राङ्गारिक मल उत्पादन गर्दा डढेलो नियन्त्रणमा सहयोग | Khabarhub Khabarhub

प्राङ्गारिक मल उत्पादन गर्दा डढेलो नियन्त्रणमा सहयोग


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

घोराही– यहाँको एक सामुदायिक वन र उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने वस्तुबाट प्राङ्गारिक मल उत्पादन गर्दा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणमा सहयोग पुगेको छ । सुक्खा समयसँगै अन्य वनमा आगलागी भए पनि दाङको लमही नगरपालिका–५ स्थित अजम्बरी सामुदायिक वन क्षेत्रमा आगो लागेको छैन । 

सो वन उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने घाँस र पातपतिङ्गरलाई उपयोग गरेर प्राङ्गारिक मल उत्पादन गर्न थालेपछि यो कार्यमा सहयोग पुगेको हो । वन क्षेत्रमा जलेर, कुहिएर नष्ट हुने घाँस र स्याउला सोत्तरलाई उपयोग गरेर गत वर्षदेखि प्राङ्गारिक मल उत्पादन गर्न थालिएको छ । 

समूहका अध्यक्ष पवन शर्मा रिजालका अनुसार पातपतिङ्गरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी वन समूह अघि बढेको बताए । पातपतिङ्गर व्यवस्थापनलाई दिगो बनाउन आम्दानीसँग जोडेर प्राङ्गारिक मल उत्पादन थालेको जनाउँदै अध्यक्ष रिजालले भने, ‘वन क्षेत्रमा खेर जाने पातपतिङ्गरलाई सदुपयोग गर्दै प्राङ्गारिक मल उत्पादनमा जोडिएका छौँ, यसले सुक्खा समयमा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणमा समेत सहयोग गरेको छ ।’

सुक्खाका समयसँगै अन्य वनमा आगलागी भए पनि अजम्बरी सामुदायिक वन क्षेत्रमा लागेको छैन । त्यसले गर्दा वनमा खेर जाने वस्तुको सदुपयोग भएको छ भने आगलागी नियन्त्रण र आम्दानीमा सहयोग पुगेको छ । यहाँ वन समूहले प्राङ्गारिक मल उत्पादन गर्न थालेपछि स्थानीय सात जनाले रोजगारी पाएका छन् । 

वन व्यवस्थापनमा आधारित कार्यक्रमअन्तर्गत सामुदायिक वन अध्ययन केन्द्रले प्राङ्गारिक मल उत्पादनका लागि औजार सहयोग गरेपछि वन समूह मल उत्पादनमा जुटेको अध्यक्ष शर्मा बताउँछन् । वन जङ्गलमा सुकेको पातपतिङ्गरसँगै गाईभैँसीको गोबर सङ्कलन गरेर प्राङ्गारिक मल उत्पादनका लागि स्थानीयलाई रोजगारी मिलेको अध्यक्ष रिजालले बताए । 

अध्यक्ष रिजालका अनुसार वन समूहले प्राङ्गारिक मल उत्पादन गरेर किसानलाई बिक्री गर्ने गरी काम सुरु गरे पनि अहिले थोरै उत्पादन भएको र उक्त मल वन समूहले सञ्चालन गरेको हरित पार्कमा बिरुवा हुर्काउन प्रयोग गरिएको बताए ।
 
वन व्यवस्थापन कार्यक्रमअन्तर्गत पर्यटन प्रवर्द्धनसँगै पछिल्लो समय जङ्गलमा खेर जाने घाँस र पातपतिङ्गरलाई सदुपयोग गरेर प्राङ्गरिक मल उत्पादन गरेर अजम्बरी सामुदायिक वन समूहले नमूना काम गरिरहेको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख महेन्द्रराज वाग्लेले बताए । 

वन समूहको मल उत्पादन गर्ने कार्यले पातपतिङ्गरको व्यवस्थापनसँगै वन समूहलाई आयआर्जनमा सहयोग पुग्ने उनले बताए । प्राङ्गारिक मल तयार गर्नका लागि आवश्यक गोबरको जोहोका लागि छाडा पशु चौपाया व्यवस्थापनसमेत गरिएको मल उत्पादनसम्बन्धी काम गर्दै आएका लमही–५ लमही निवासी मैते पुन बताउँछन् । 

वन संरक्षण गरेर काठ, दाउरा उत्पादन गर्दै आएका सामुदायिक वनले पछिल्लो समय पर्यटन क्षेत्र निर्माणसँगै जङ्गलमा खेर जाने घाँस र पातपतिङ्गरबाट जैविक मल उत्पादन गरेर आगामी दिनमा आयआर्जनमा टेवा पुग्ने छ । रासस
 

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  २ : ४३ बजे

करण केसीको विष्फोटक ब्याटिङमा नेपालको रोमाञ्चक जित

काठमाडौं – करण केसीको विष्फोटक ब्याटिङमा नेपालले आईसीसी क्रिकेट विश्वकप

फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह

गण्डकी – पोखरा पर्यटन परिषद्ले फेवातालको सीमाङ्कनका नाममा दीर्घकालीन योजनाबिना

धर्मरायो नेपालको ब्याटिङ, दीपेन्द्र पनि आउट

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको

दीर्घरोगीलाई मासिक एक हजार जीविकोपार्जन भत्ता

गुल्मी – गुल्मी छत्रकोट गाउँपालिकाले दीर्घरोगी बिरामीहरुलाई मासिक रु एक

राजावादीले भोलि सिफल चौरमा आन्दोलन गर्ने

काठमाडौं – संयुक्त जनआन्दोलन समितिले मंगलबार काठमाडौंको सिफल चौरमा प्रदर्शन