देशको आधा जनसंख्यालाई दुई अर्ब : न ओढ्न पुग्छ, न ओछ्याउन ! « Khabarhub

देशको आधा जनसंख्यालाई दुई अर्ब : न ओढ्न पुग्छ, न ओछ्याउन !



काठमाडौं– बिहीबार सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेको छ । केही वर्ष अगाडीसम्म बजेट सार्वजनिक हुँदा आम नागरिकमा निकै हर्षोल्लास छाउँथ्यो । किनभने बजेटले सामान्य नागरिकको लागि केही नयाँ कार्यक्रम लिएर आउँथ्यो । तर पछिल्लो समय बजेटले आम नागरिकलाई खुसी बनाउन सकेको छैन । 

अघिल्ला आर्थिक वर्षहरू जस्तै सरकारले यस वर्ष पनि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई सबैभन्दा कम बजेट छुट्याएको छ । गत आर्थिक वर्षको तुलनामा केही बढी रकम प्राप्त गरे पनि आधा प्रतिशत जनसंख्या रहेको महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिलगायत सबैको अभिभावकत्व गर्नुपर्ने मन्त्रालयले सबैभन्दा कम बजेट पाएको छ । 

आर्थिक वर्ष २०८२/८३ को बजेटमा मन्त्रालयले २ अर्ब ८ करोड रुपैयाँ मात्रै प्राप्त गरेको छ । यस मन्त्रालयको लागि यो बजेट एकदमै अपर्याप्त छ । आर्थिक वर्ष २०८१÷८२ मा यस मन्त्रालयले १ अर्ब ६० करोड रकम प्राप्त गरेको थियो । गत वर्षको तुलनामा ३२ करोड रुपैयाँ मात्रै बजेट बढेर आएको छ । तर महङ्गीको ग्राफलाई नियाल्ने हो भने यो बजेट बढेको होइन । 

समग्रमा बजेट अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिने गरी ल्याइएको अर्थविद्हरूले टिप्पणी गरेका छन् । त्यसैक्रममा हामीले गत आर्थिक वर्ष र यस आर्थिक वर्षको के कति कार्यक्रम समान रहेका छन् छुट्याउने प्रयास गरिएको छ । 

नवजात शिशु, सुत्केरी आमा, बालबालिका, स्कुलको खाजा, शिक्षा, महिलाको हक अधिकार, अपाङगता लगायत र जेष्ठ नागरिकका हक र अधिकार सुनिश्चिताको लागि सरकारले सार्वजनिक गरेका विषय तथा कार्यक्रम यस्ता रहेका छन् । 

नवजात शिशु 

२०८२/८३ को कार्यक्रम :
नवजात शिशुको जीवनरक्षाका लागि ‘आमा सुरक्षा’ कार्यक्रम गर्ने ।
२०८१/८२ को कार्यक्रम :
परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको जन्मजात विकलाङ्ग वा असाधारण प्रकृतिको अवस्था पहिचान गर्न भ्रूण परीक्षण सेवा सञ्चालन गर्ने । 

सुत्केरी आमा
२०८२/८३ को कार्यक्रम :
गर्भवती तथा सुत्केरी महिला र बालबालिका लक्षित पोषण कार्यक्रमको निरन्तरता दिने । 
सुत्केरी आमाको जीवनरक्षाका लागि ‘आमा सुरक्षा’ कार्यक्रम गर्ने ।
पाठेघर तथा स्तन क्यान्सर र पाठेघर खस्ने रोगको निःशुल्क परीक्षण कार्यक्रमको निरन्तरता हुने । 
बालिका लक्षित एच.पी.भी. खोप र १४ वर्ष मुनिका बालबालिकालाई निःशुल्क क्यान्सर उपचार गर्ने । 
२०८१/८२ को कार्यक्रम :
गर्भवती तथा सुत्केरी महिला र बालबालिका लक्षित पोषण कार्यक्रम गर्ने । 

बालबालिका
२०८२/८३ को कार्यक्रम :
कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य सेवाको ‘सेन्टर अफ एक्सिलेन्स’ को रूपमा विकास गर्ने । 
बालिका लक्षित एच.पी.भी. खोप र १४ वर्ष मुनिका बालबालिकालाई निःशुल्क क्यान्सर उपचार गर्ने ।
बालश्रम जागरण कार्यक्रम गर्ने । 
२०८१/८२ को कार्यक्रम :
अटिजम, बौद्धिक तथा शारीरिक अपाङ्गता बालबालिकाको विकास, मानसिक अवस्थाको उपचार र पुनर्स्थापना गर्ने ।
प्रदेश तथा स्थानीय तहमा बाल उद्धार र संरक्षणको लागि बाल सुधार गृह र सम्पुर्ण बालबालिकाको लागि स्वास्थ्य वीमा गरिने । 

स्कुलको खाजा
२०८२/८३ को बजेट :
कक्षा ५ सम्मका विद्यार्थीलाई दिँदै आएको दिवाखाजाको रकम बढ्ने । १० अर्ब १९ करोड बजेट छुट्याएको छ । जसबाट २८ लाख विद्यार्थी लाभान्वित हुनेछन् । 
२०८१/८२ को बजेट
प्रारम्भिक बाल शिक्षादेखि १–५ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने । जसको लागि ८ अर्ब ३९ करोड बजेट छुट्याएको थियो । 

शिक्षा
२०८२/८३ को बजेट :
माध्यामिक तह निःशुल्क शिक्षा प्रदान गर्ने । 
विपन्न र सीमान्तकृत वर्गका बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउन छात्रवृत्ति यसपटकबाट ६–१२ सम्मकालाई दिइने । 
छात्रवृत्तिका लागि २ अर्ब ४४ करोड बजेट छुट्याएको छ । 

२०८१/८२ को बजेट
विपन्न र सीमान्तकृत वर्गका बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउन ९–१२ सम्म छात्रवृत्तिको व्यवस्था थियो । 

महिलाको हक तथा अधिकार 
२०८२/८३ को बजेट :
सार्वजनिक क्षेत्रको कार्यकारी तहमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न नीतिगत र संरचनागत सुधार गर्ने ।
महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने । गृहिणी महिलाको श्रम र सीपलाई साना तथा घरेलु उद्यमसँग जोड्ने ।
विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रमको निरन्तरता । जसबाट १३ लाख छात्राले सुविधा पाउने भएका छन् । 
पाठेघर तथा स्तन क्यान्सर र पाठेघर खस्ने रोगको निःशुल्क परीक्षणको निरन्तरता दिने । 
एसिड आक्रमण लगायत महिला विरुद्ध हुने सबै प्रकारका हिंसा र उत्पीडनप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने ।
हिंसा पीडित महिलाका लागि मधेश, सुदूरपश्चिम र काठमाडौँ उपत्यकामा पुनर्स्थापना केन्द्र स्थापना गर्ने । 
लैंगिक हिंसा, यौन दुर्व्यवहार, बोक्सी आरोप, छाउपडी, महिनावारी विभेद, बालविवाह लगायतका कुरीति अन्त्य गर्न पारिवारिक तथा सामाजिक जागरणका कार्यक्रम सञ्चालन गर्ने । 

०८१/८२ को कार्यक्रम :
महिलामा लगानी वर्षको रूपमा मनाइने भनिएको थियो । 
छोरीहरूलाई रोजगार उन्मुख शिक्षा, सीप र उद्यमशीलताको लागि ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ नयाँ अभियानको सुरु भएको थियो । 
त्यसको लागि १० करोड छुट्टै रकम विनियोजन गरिएको थियो । 

अपाङ्गता
२०८२/८३ को कार्यक्रम :
अपाङ्गमैत्री, लैङगिक संवेदनशील र सुरक्षित एक हजार कक्षा कोठाको निर्माण गर्ने ।
सबै प्रदेशमा अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाको उपचार तथा पुनर्स्थापनाका लागि सेवा सञ्चालन गर्ने ।
सडक बालबालिकामुक्त राष्ट्रिय अभियानको निरन्तरता । बेवारिसे, अभिभावकविहीन बालबालिकाको संरक्षण, पारिवारिक पुनर्मिलन, सामाजिक पुनर्स्थापना र वैकल्पिक हेरचाहको व्यवस्था गर्ने । 
लैंगिक तथा यौनिक अल्पसंख्यकलाई मर्यादित जीवनयापन गर्न सशक्तीकरण, सचेतना तथा सामाजिक अन्तर–घुलनका कार्यक्रम सञ्चालन गर्ने ।
अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण प्रणालीलाई व्यवस्थित गर्ने । सार्वजनिक सेवालाई अपाङ्गतामैत्री बनाइने । समुदायमा आधारित पुनर्स्थापना सेवा विस्तार गर्ने ।
२०८१/८२ को कार्यक्रम :
सार्वजनिक सेवा अपाङगतमैत्री बनाउने । परिचयपत्र प्राप्त परिवारको अति अशक्त अपाङ्गता वर्गमा पर्ने व्यक्तिलार्ई स्वास्थ्य बीमामा आवद्ध गर्ने । 
लैङगिक तथा अल्पसंख्यक समुदायलाई मर्यादित जीवनयापनको लागि सचेतना तथा सशक्तीकरण कार्यक्रम गर्ने ।
मुक्त कमलरी, दलित समुदाय, उपेक्षित तथा उत्पीडन वर्ग उत्थानको लागि रैथाने सीप, ज्ञान र पेशाको आधुनिकीकरण गरी रोजगार सिर्जना गर्ने । जसको लागि २० करोड व्यवस्था गरिएको थियो । 

जेष्ठ नागरिक 
२०८२/८३ को कार्यक्रम :
जेष्ठ नागरिकले वृद्धभत्ता प्राप्त गर्न ७० वर्षसम्म कुर्नुपर्ने भएको छ ।
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्दै लैजाने । उनीहरुको सामाजिक सुरक्षा तथा स्वास्थ्य उपचारको व्यवस्था गर्ने । 
अर्को, सडक मानवमुक्त अभियानमा जुटेका परोपकारी संस्थाहरूसँग सहकार्य गर्ने । 
ज्येष्ठ नागरिक, अपाङ्गता, दलित, अति विपन्न तथा अल्पसंख्यक समुदायको बीमा सुबिधाको निरन्तरता दिने । 
२०८१/८२ को कार्यक्रम :
६८ वर्षको उमेर पुगेकालार्य वृद्धभत्ताको व्यवस्था । 
संघीय अस्पतालमा जेरियाट्रिक वार्ड सञ्चालन गरी जेष्ठ नागरिकलाई  सहज स्वास्थ्य सेवा उपलब्ध गर्ने । 
‘हाम्रा बाआमाम, हाम्रो जिम्मेवारी’ अभियान अन्तर्गत सातै प्रदेशमा सुविधासम्पन्न वृद्धाश्रमको स्थापना गर्ने थियो । 

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ३ : १३ बजे

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ

सुकुम्वासीको पक्षमा एमाले, बस्ती हटाउने नाममा बल प्रयोग नगर्न सरकारलाई चेतावनी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले सुकुम्वासी बस्तीहरू जबरजस्ती

व्यवस्थापन प्रक्रियालाई सघाउन वास्तविक सुकुम्बासीलाई प्रहरीको आग्रह

काठमाडौं- सरकारले सुरु गर्न लागेको सुकुम्बासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल