सामाजिक सुरक्षाको दबाबले नागरिक लगानी कोषलाई समस्या « Khabarhub

सामाजिक सुरक्षाको दबाबले नागरिक लगानी कोषलाई समस्या


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक लगानी कोषले आफ्नो कोष परिचालनमा सामाजिक सुरक्षा कोष मुख्य बाधकको रुपमा औँल्याएको छ । 

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले समान प्रकृतिको काम गर्ने अन्य संस्थाको उपस्थिति प्रतिस्पर्धाका रुपमा रहेको र सबै भन्दा बढी कोष परिचालनमा सामाजिक सुरक्षा कोष मुख्य बाधकको रुपमा रहेको बताए ।

पछिल्लो चरणमा सामाजिक सुरक्षा कोषले नागरिक लगानी कोषमा सहभागी भइसकेका संस्थाहरूलाई समेत पत्राचार गरी अनिवार्य आउनुपर्ने दबाब दिने प्रचलन बढेको तथा पैसा पठाउने वा व्यवस्थापन गर्ने विषयमा कानुनी कारबाहीको प्रावधानले जटिलता थपेको उनले बताए ।

जनशक्तिको अभावमा पनि कोषले पुँजी बजारमा समेत निजी क्षेत्रका सेवा प्रदायक संस्थाहरूसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नभएको कार्यकारी निर्देशक कार्कीले बताए । 

साथै उनले हकप्रद सेयरमार्फत तुरुन्त पैसा तान्ने उद्देश्य नभई ऐनको अधिकृत पुँजीभित्रै रही कमाइअनुसार बोनस सेयरमार्फत क्रमिक रूपमा पुँजी वृद्धि गर्ने योजना रहेको जानकारी दिए । 

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  २ : ४६ बजे

नेपाली क्रिकेट टिमका पूर्वकप्तान रोहित पौडेलले गरे विवाह

काठमाडौँ – नेपाली क्रिकेट टिमका पूर्वकप्तान रोहित पौडेले विवाह गरेका

सामाजिक सुरक्षाको दबाबले नागरिक लगानी कोषलाई समस्या

काठमाडौं– नागरिक लगानी कोषले आफ्नो कोष परिचालनमा सामाजिक सुरक्षा कोष

धमेन्द्र नेतृत्वको नेकपाले सामूहिक नेतृत्व प्रणाली अपनाउने

काठमाडौं– धमेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नयाँ बहुमत) ले

बाढी प्रभावितको अवस्था बुझ्न मन्त्री बादी रसुवामा

रसुव- भोटेकोशी बाढीबाट प्रभावित महिला, बालबालिका तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक

दमौली–भरतपुर प्रसारण लाइन : ५० प्रतिशत रुख कटान

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका