नेवार समुदायले मनाए सिथि नखः पर्व « Khabarhub

नेवार समुदायले मनाए सिथि नखः पर्व


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेष्ठ शुक्ल पक्ष षष्ठीका दिन आइतबार नेवार समुदायले धुमधामका साथ सिथि नखः पर्व मनाएका छन् । सिथि नखःको दिन नेवार समुदायले मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् । 

वर्षातको बेला बगेर आउने भेल र खानेपानीको मुहानमा फोहर पानी मिसिएर दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरि समेत सरसफाइ गरी निकास खोल्ने गरिएको हो । 

साथै हिउँदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षातको पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरिएको छ । 

सिथि नखःको दिन किसानले खेत बारीमा काम गर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेकाले एकाबिहानै घरगोठमा रहेको गाई बस्तुको गोबर मललाई खेतबारीमा पुर्‍याउने गर्दछन् । त्यसपछि आफ्नो घर आँगन सफा गरी सिथि नखः पर्व मनाउन थाल्छन् । 

भगवान् कुमारको जन्म दिनसमेत भएकाले यस दिन नेवार समुदाय कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान बारा खाने प्रचलन रहेको छ । 

सिथि नखः पर्वका अवसरमा भक्तपुरको सिद्धपोखरी, नवदुर्गा मन्दिरलगाएतका स्थानमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । भगवान् कुमारको जन्मदिनसमेत भएकाले नेवार समुदाय कुमार र नवदुर्गागणको पूजाका साथै देवाली गर्ने प्रचलन रहेको भक्तपुरका स्थानीयहरूको भनाइ छ । 

मल्लकालदेखि मान्दै आएको नवदुर्गा भवानीलाई यस दिन भक्तपुर र मध्यपुरथिमि नगरका प्रत्येक घरधुरीले पूजा चढाउने परम्परा छ । यस दिन नेवार समुदायमा नुहाउनाले वर्षा फाप्ने जनविश्वास पनि छ ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ३ : २२ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका