नेवार समुदायले मनाए सिथि नखः पर्व « Khabarhub

नेवार समुदायले मनाए सिथि नखः पर्व


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेष्ठ शुक्ल पक्ष षष्ठीका दिन आइतबार नेवार समुदायले धुमधामका साथ सिथि नखः पर्व मनाएका छन् । सिथि नखःको दिन नेवार समुदायले मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् । 

वर्षातको बेला बगेर आउने भेल र खानेपानीको मुहानमा फोहर पानी मिसिएर दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरि समेत सरसफाइ गरी निकास खोल्ने गरिएको हो । 

साथै हिउँदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षातको पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरिएको छ । 

सिथि नखःको दिन किसानले खेत बारीमा काम गर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेकाले एकाबिहानै घरगोठमा रहेको गाई बस्तुको गोबर मललाई खेतबारीमा पुर्‍याउने गर्दछन् । त्यसपछि आफ्नो घर आँगन सफा गरी सिथि नखः पर्व मनाउन थाल्छन् । 

भगवान् कुमारको जन्म दिनसमेत भएकाले यस दिन नेवार समुदाय कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान बारा खाने प्रचलन रहेको छ । 

सिथि नखः पर्वका अवसरमा भक्तपुरको सिद्धपोखरी, नवदुर्गा मन्दिरलगाएतका स्थानमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । भगवान् कुमारको जन्मदिनसमेत भएकाले नेवार समुदाय कुमार र नवदुर्गागणको पूजाका साथै देवाली गर्ने प्रचलन रहेको भक्तपुरका स्थानीयहरूको भनाइ छ । 

मल्लकालदेखि मान्दै आएको नवदुर्गा भवानीलाई यस दिन भक्तपुर र मध्यपुरथिमि नगरका प्रत्येक घरधुरीले पूजा चढाउने परम्परा छ । यस दिन नेवार समुदायमा नुहाउनाले वर्षा फाप्ने जनविश्वास पनि छ ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ३ : २२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना