देउवा भन्छन्- कांग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार छ | Khabarhub Khabarhub

देउवा भन्छन्- कांग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार छ


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वातावरण तथा जलवायु परिवर्तन सरोकार सम्बन्धमा सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार रहेको बताएका छन्  । 

विश्व वातावरण दिवसको सन्दर्भमा कांग्रेस वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले आइतबार सानेपामा आयोजना गरेको कार्यक्रममा देउवाले जलवायु परिवर्तनका कारण गम्भीर संकट उत्पन्न हुन सक्ने भन्दै यसका चुनौतीहरूको समाधान गर्न ठूलो दलको हैसियतले कांग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार रहेको बताएका हुन् ।

सबै राजनीतिक दलहरूलाई एउटै साझा मञ्चमा ल्याई संवाद, सहमति, समन्वय र सहकार्यका माध्यमबाट अघि बढ्ने वातावरण तयार गर्न प्रतिबद्ध रहेको र पार्टी सभापतिको हैसियतले स्वयं नेतृत्व लिन तयार रहेको उनले बताए ।

सभापति देउवाले सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्षको रूपमा पुष्टि हुनु स्वयंमा गहिरिँदो जलवायु संकटको चेतावनी भएको धारणा राखे  । अब ढिलो नगरी जलवायु परिवर्तनलाई गम्भीर रूपमा लिएर विश्वले कार्बन उत्सर्जनमा तीव्र कटौती गर्न आवश्यक रहेको उनको भनाइ छ ।

सभापति देउवाले केही राष्ट्रहरूले उत्सर्जन बढाइरहँदा, नेपाल जस्ता जलवायु परिवर्तनका दृष्टिकोणले संवेदनशील राष्ट्रहरूले त्यसको असर भोगिरहनु अन्यायपूर्ण र दुःखद अवस्था भएकाले नेपालले जलवायु न्यायको लागि विश्व समुदाय समक्ष आफ्नो स्पष्ट धारणा दृढताका साथ निरन्तर राख्नुपर्नेमा जोड दिए  ।  

उनले नीति र योजनाहरूको कार्यान्वयनका लागि वित्तीय स्रोत र विज्ञान तथा प्रविधिमा पहुँच अपरिहार्य रहेको बताए  । 

उनले पेट्रोलियम पदार्थको प्रयोग घटाउँदै स्वदेशमै उत्पादन भएको स्वच्छ विद्युत् प्रयोग बढाउनु अबको आवश्यकता रहेको उल्लेख गरे । जलवायु संकट समाधानमा नेपालले गरेको प्रयासका विषयलाई ब्राजिलमा आयोजना हुने कोप-३० मा दृढ रूपमा प्रस्तुत गर्न आवश्यक रहेको समेत उनले बताए  । 

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ३ : ४५ बजे

चाडपर्वका अवसरमा सावधानी अपनाउन एआइजी कार्कीको आग्रह

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर

कोरोला नाका स्तरोन्नति गरी व्यवस्थित रूपमा सञ्चालन गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङमा अवस्थित

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र खनाल

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र

मुख्यमन्त्री शाहद्वारा गोदावरी नगरपालिकाको स्थलगत अनुगमन

गोदावरी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरी नगरपालिकामा गत

धरानका मेयर साम्पाङले खोले ‘श्रम संस्कृति पार्टी’, दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले निर्वाचन आयोगमा दल दर्ताका