मधेसको विकास अब रकेटको गतिमा हुनुपर्छ : प्रधानमन्त्री ओली « Khabarhub

मधेसको विकास अब रकेटको गतिमा हुनुपर्छ : प्रधानमन्त्री ओली


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशको विकास अब वामे सरे जस्तो होइन, रकेटजस्तो तीव्र गतिमा अगाडी बढाउनुपर्ने बताएका छन् ।


जनकपुरधाममा मधेसको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले आयोजना गरेको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको शिलान्यास समारोहमा बोल्दै उनले मधेसको समृद्धिका लागि सबै तहका सरकार र जनप्रतिनिधिहरू एकजुट भएर सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए ।


प्रधानमन्त्री ओलीले मधेस प्रदेशलाई नेपालको एक उर्वर भूमि भन्दै यहाँको समग्र सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताए । उनका अनुसार कोशी नदीको पानी सदुपयोग गर्न सकिएमा सम्पूर्ण मधेस सिञ्चित बन्नेछ, जसले कृषिमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ ।

यसै सन्दर्भमा उनले सुनकोशी–मरिन डाइभर्सन परियोजनालाई सरकारले प्राथमिकतामा राखेर अगाडी बढाएको जानकारी दिए । तर ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण काम समयमा सम्पन्न नभएको भन्दै उनले चेतावनी दिँदै भने ‘यदि यस्तै रह्यो भने सरकार ठेक्का तोड्ने दिशामा जान बाध्य हुनेछ ।’

उनले ढिलासुस्तीलाई वर्तमान समयमा सबैभन्दा ठूलो चुनौतीको रूपमा व्याख्या गरे । उनका अनुसार आजको दिनमा भ्रष्टाचार जत्तिकै गम्भीर समस्या ढिलासुस्ती पनि हो, र सरकार अब त्यसविरुद्ध कडा कदम चाल्नेछ । 

विकासका कार्यहरूमा देखिएको सुस्तता सह्य नहुने प्रधानमन्त्रीको स्पष्ट भनाइ थियो ।
मिथिलाको ऐतिहासिक र सांस्कृतिक महत्वसमेत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो क्षेत्र एक समय चिन्तन र ज्ञानको केन्द्र रहेको बताए ‘जहाँ अक्षर नभएको बेला पनि चिन्तन हुन्थ्यो, तर आज यो क्षेत्र विकासमा पछाडि पर्नु दुःखद हो,’ उनले भने, ‘अब पछाडि पर्ने समय सकिएको छ । 

मधेसले अब तीव्र गतिमा विकासको यात्रा तय गर्नुपर्छ ।’
कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधिहरू, प्रदेश सरकारका प्रतिनिधिहरूसमक्ष प्रधानमन्त्रीले सुशासन र विकासलाई एकैसाथ अगाडी बढाउनु आजको आवश्यकता रहेको बताए । उनले सबैलाई एकसाथ काम गर्न आह्वान गर्दै मधेसको समृद्धिको बाटो अब रोक्न नसकिने जिकिर गरे ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ४ : ४५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर