आँखै कालो हुनेगरी कसले हान्यो मस्कलाई मुक्का ? « Khabarhub

आँखै कालो हुनेगरी कसले हान्यो मस्कलाई मुक्का ?


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वका धनाढ्य अर्बपति उद्यमी इलोन मस्कको आँखामा कालो दाग देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै ह्वाइट हाउसमा देखा परेका मस्कको आँखामा कालो दाग देखिएको हो ।

यस्तोमा कसैले उनको अनुहारमा मुक्का हानेको हुनसक्ने हल्ला फैलिएको छ । मस्कले यसबारे प्रष्टोक्ति दिएका छन् ।

खासमा सरकारी चुस्तता विभागको जिम्मेवारीबाट बाहिरिने बेला मस्क ट्रम्पसँगै देखा परेका थिए । ट्रम्पको छेउमा उभिएका मस्कको आँखामा स्पष्टसँग कालो दाग देखिएको थियो ।

त्यसपछि पत्रकारहरुले उनीसँग यसबारे जवाफ मागेका थिए । यसको जवाफमा मस्कले आफू फ्रान्सनजिकै नगएको हास्यास्पद टिप्पणी गरेका थिए ।

हालै आफ्नी श्रीमतीबाट मुक्का खाएका फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोँलाई लक्षित गरी मस्कले यस्तो टिप्पणी गरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । केही दिनअघि भियतनाम भ्रमण गर्ने क्रममा म्याक्रोँलाई फ्रान्सकी प्रथम महिला ब्रिजेटले राष्ट्रपतीय जहाजमै मुक्का हानेको भिडियो भाइरल भएको थियो ।

ट्रम्पसँगको भेटमा मस्कले आफूलाई छोरा एक्सले मुक्का हानेको प्रष्ट्याएका थिए । जिस्किरहेका बेला आफैँले एक्सलाई मुक्का हान्न लगाएको उनले बताए ।

पछि ट्रम्पले मस्कको बचाउ गर्दै ‘एक्सले नै गरेको हुनुपर्छ’ बताएका थिए ।

शुरुमा मुक्का हान्दा आफूलाई केही नभएपनि पछि आँखामा दाग बसेको मस्कले बताए ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ५ : ०५ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी