पीएसजीले जितेको रात फ्रान्सका सहरहरूमा बबाल : एक युवकको छुरा हानेर हत्या, ४२६ पक्राउ, २०५ जना घाइते « Khabarhub

पीएसजीले जितेको रात फ्रान्सका सहरहरूमा बबाल : एक युवकको छुरा हानेर हत्या, ४२६ पक्राउ, २०५ जना घाइते


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

पेरिस-पेरिस सेन्ट-जर्मेन (पीएसजीले) ले पहिलो पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको रात उत्सव मनाउने क्रममा फ्रान्सभर उग्र हिंसा र तोडफोड भएको छ ।

उत्सव मनाउन निस्केकाहरूबीच हिंसात्मक झडप हुँदा १७ वर्षीय एकजना किशोरको छुरा प्रहार गरेर हत्या गरिएको छ । यो हिंसात्मक तनावपछि ४२६ जना पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा २९४ जना पेरिसकै हु्न् ।

घटनाका क्रममा २०५ जना घाइते भएका छन् । जसमा १३ सुरक्षाकर्मीलाई पनि चोट लागेको छ ।

दक्षिण-पश्चिमी फ्रान्सको डाक्समा एकजना किशोरको हत्या भएको हो । डाक्समा पीएसजीको जितको उत्सव मनाउँदै गरेका युवाहरूको भिडमा एक १७ वर्षीय किशोरलाई पेटमा छुरा प्रहार गरिएको थियो। गम्भीर घाइते उनको उपचारका क्रममा अस्पतालमा उनको मृत्यु भयो। स्थानीय प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ। प्रहरीले सीसीटीभी फुटेजमार्फत् प्रमाण बटुलिरहेको छ।

उता यो उत्सवका क्रममा पूर्वी फ्रान्सको ग्रेनोब्लमा एउटा गाडीले ट्राम लाइनमा ह्याण्डब्रेक टर्न गर्न खोज्दा ४ सदस्यीय परिवारलाई ठक्कर दिएको छ । उक्त घटनामा घाइते तीनजना अझै आईसीयूमा छन्।

पेरिसमा उपद्रव

उता पीएसजीको मैदान रहेको सहर पेरिसमा लुटपाट भएको छ । लुटपाट नियन्त्रण गर्न प्रहरीले टियर ग्यास र लाठी चार्ज गर्नुपरेको छ ।

च्याम्प्स एल्लेसेस् वरिपरिका पसलहरूले तत्कालै सटर लगाएका थिए । तर पनि फुट लकर लगायतका पसलहरूमा व्यापक चोरी भएको छ ।

बास्तिल २३ वर्षीया युवती एक स्तम्भबाट खस्दा गम्भीर घाइते भएकी छन् । यसैबीच पीएसजीका अध्यक्ष नासर अल-खेलाइफी र खेलाडी ओस्मान डेम्बेलेले शान्तिपूर्वक उत्सव मनाउन आह्वान गरेका छन् ।

फ्रान्सका आन्तरिक मन्त्री ब्रुनो रिटायो ले उपद्रव गर्नेहरूलाई ‘बर्बर’ भन्दै कडा कारवाहीको आदेश दिएका छन् । पीएसजीले फाइनल खेलिरहँदा पेरिसमा मात्रै ५,४०० सुरक्षाकर्मी तैनाथ गरिएका थिए।

आईफेल टावरमा पनि झगडा भएको छ । यो टावरलाई शनिबार राति पीएसजीको झन्डाको रंगले सजाइएको थियो । एकजना १८ वर्षीय प्रत्यक्षदर्शी ज्याकले धेरैजना जितको आनन्द लिइरहेका बेला दंगा, चोरी र तोडफोड भएको बताए । उनले यसलाई लाजमर्दो भनेका छन् ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ५ : ०७ बजे

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ

भारतको खराब सुरुवात, पावर प्लेमा नै गुमायो तीन विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ चरणको खेलमा