साइबेरियासहितका रुसी हवाइअड्डामा गरिएको ड्रोन आक्रमणबाट ४० बमवर्षक जहाज क्षतिग्रस्त : युक्रेन « Khabarhub

साइबेरियासहितका रुसी हवाइअड्डामा गरिएको ड्रोन आक्रमणबाट ४० बमवर्षक जहाज क्षतिग्रस्त : युक्रेन


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनले रुसी हवाइअड्डालाई लक्षित गरी व्यापक आक्रमण गरेको जनाएको छ । युक्रेनी सुरक्षा सेवा एसबीयूले रुसका विभिन्न सैन्य विमानस्थललाई लक्षित गरी व्यापक ड्रोन आक्रमण गरेको दाबी गरेको हो ।

ड्रोन आक्रमणका क्रममा ४० भन्दा धेरै रुसी बमवर्षक विमान क्षतिग्रस्त भएको एसबीयूले दाबी गरेको छ । किभ इन्डिपेन्डेन्टका अनुसार एसबीयूले रुसी विमानस्थलमा रहेका ‘रणनीतिक बमवर्षक विमान’ लाई लक्षित गरी ड्रोन आक्रमण गरिएको हो ।

घटनाबारे रुसी पक्षबाट कुनै टिप्पणी सार्वजनिक भइसकेको छैन । ध्वस्त भएका रुसी रणनीतिक विमानमा ए–५०, टीयू–९५ र टीयू–२२ एम३ रहेको स्रोतलाई उद्धृत गर्दै किभ इन्डिपेन्डेन्टले उल्लेख गरेको छ ।

समाचारमा जनाइएअनुसार युक्रेनले मंगोलियासँग सीमा जोडिएको साइबेरियाको इर्कुत्स्क ओब्लास्टमा रहेको बेलाया हवाई अड्डामा पनि आक्रमण गरेको छ ।

इर्कुत्स्कका गभर्नर इगोर कोभजेभले स्रेड्नी गाउँमा रहेको सैन्य एकाइमा ड्रोन आक्रमण भएको पुष्टि गरेको उक्त समाचार संस्थाले दाबी गरेको छ । इर्कुत्स्क ओब्लास्ट युक्रेनसँगको सीमाबाट ४ हजार किलोमिटर टाढा पर्छ ।

त्यसैगरी, युक्रेनले रुसको मुर्मान्स्कमा पनि आक्रमण गरेको जनाइएको छ । मुर्मान्स्क युक्रेनी सीमाबाट झण्डै २ हजार किलोमिटर उत्तरमा पर्छ ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ५ : ४८ बजे

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा