कर्णालीका यातायात व्यवसायीले पनि गरे आन्दोलनको घोषणा | Khabarhub Khabarhub

कर्णालीका यातायात व्यवसायीले पनि गरे आन्दोलनको घोषणा


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीका यातायात व्यवसायीले भोली सोमबारदेखि आन्दोलन गर्ने भएका छन् । निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधा सरह सञ्चालनको अनुमति दिने गरी देशका सबै प्रदेश सरकारले नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलित भएका हुन् ।

सवारी ऐन विपरीत संघीय सरकारसँग बाझिने गरी सातै प्रदेश सरकारहरूले निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधा सरह सञ्चालनको अनुमति दिने नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका कर्णाली प्रदेशका संयोजक रमेश सापकोटाले बताए ।

‘गण्डकी प्रदेश सरकारले ल्याएको जुन विधेयक छ । त्यो खारेज गरिनुपर्छ,’ उनले भने,‘गण्डकी प्रदेश सरकारले निजी सवारीसाधन सञ्चालन गर्न ल्याएको नियमावली व्यवसायीको हितका छैन ।’

संघीय सवारी ऐन २०४९ को विपरीत भएको र सबै प्रदेशहरूले यस्तै कानुन बनाएको अवस्थामा सार्वजनिक यातायात क्षेत्र नै धरापमा पर्ने संयोजक सापकोटाले बताए ।

‘संघीय ऐनसँग बाझिने गरी छुट्टै नियमावली ल्याउन हुँदैन,’ उनले भने,‘त्यसको खारेजी नभए १९ गतेदेखि लामो दुरीका सवारी साधन सञ्चालन हुँदैनन् ।’

यातायात व्यवसायी महासंघ कर्णाली प्रदेश समितिले सरकारलाई सात बुँदे ज्ञापन पत्र समेत बुझाएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ६ : २२ बजे

समाचार झुटो भएको भन्दै ट्रम्पले दायर गरे वाल स्ट्रिट प्रमुखविरुद्ध मुद्दा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जनरलमा प्रकाशित

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा