मलेसियामा जसपानिकट ३१ सदस्यीय नेपाली समाज गठन « Khabarhub

मलेसियामा जसपानिकट ३१ सदस्यीय नेपाली समाज गठन


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर, मलेसिया- मलेसियाको क्वालालम्पुरमा जनता समाजवादी पार्टी नेपाल नेपाली समाज मलेसियाको विशेष भेलाले नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यक्रम जनता समाज पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आथित्यमा सम्पन्न भएको हो । कार्यक्रमका विशिष्ट अति नेपाली राजदूत मलेसियाका महामहिम डा. नेत्रप्रसाद तिमल्सिना थिए ।

बैठकले सर्वसम्मत निर्णय गर्दै नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा विनोद कुमार यादव, उपाध्यक्षहरूमा पूवराज चौलागाईं र ङावाङ नुरी शेर्पा, महासचिवमा विप्लवी तेन्जु योन्जन सचिव विक्रम याख्खा, सहसचिव राम प्रवेश राय यादव र उपसचिवमा घुरण ठाकुर चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा भग नारायण यादव, वरहम देव शाह, श्रीराम मण्डल, खगेन्द्र यादव, सुरेश यादव, राम विनय साह, रन्जीत सन्त, कर्ण विर सिंह, दामोदर यादव, उमेश यादव, ललित मान तामाङ, प्रेम मुखिया, मनीष यादव, सुदामा यादव, विपना कार्की, देव साहु सोनार, कमल सिंह तामाङ, शिव शंकर साह, रामशरण यादव र पिताम्बर सरदार चयन भएका छन् ।

कार्यक्रमले मलेसियामा बसोबास गर्ने नेपाली समुदायबीच संगठित नेतृत्व र सामाजिक एकतालाई मजबुत बनाएको आयोजकले जनाएको छ। नयाँ कार्यसमितिले प्रवासी नेपालीको हितमा क्रियाशील रहने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ६ : १६ बजे

बाख्रा चराउन गएका एक व्यक्तिको ढुङ्गाले लागेर मृत्यु

सुर्खेत– जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु

विश्वकपमा आज भारत र पाकिस्तानको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार भारत र

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

बाँके– नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहट– रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै मोटरसाइकल

निरन्तर निर्वाचन क्षेत्रमा केन्द्रित ओली, आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन