आमिर खानले अभिनयबाट सन्यास लिन लागेका हुन् ? | Khabarhub Khabarhub

आमिर खानले अभिनयबाट सन्यास लिन लागेका हुन् ?


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आमिर खानको महत्वाकांक्षी फिल्म ‘सितारे जमिन पर’ जुन २० मा प्रदर्शनमा आउँदैछ । उनी अहिले यस फिल्मको प्रचारमा व्यस्त छन् ।

यो फिल्ममा आमिर खानको ‘आमिर खान प्रोडक्सन’को ब्यानरमा बनेको हो । फिल्ममा उनको पनि लगानी रहेको छ ।

आमिरले विभिन्न अन्तर्वार्तामा यस फिल्म आफ्नो महत्वाकांक्षी प्रोजेक्ट रहेको बताउँदै आएका थिए । फिल्ममा उनको बहुभूमिकाले यो कुरा प्रस्ट हुन्छ, उनी नायकका रुपमा मात्रै सीमित छैनन् । लगानी पनि गरेका छन् ।

यो फिल्म प्रदर्शनमा आउन तीन साता बाँकी हुँदै आमिर नयाँ प्रोजेक्टलाई लिएर चर्चामा छन् । उनले यस फिल्मको प्रचारको क्रममा नै प्रोजक्टबारे खुलासा गरेका हुन् ।

आगामी फिल्मलाई आमिरले ‘ड्रिम प्रोजेक्ट’ बताएका छन् । उक्त फिल्म हो, ‘महाभारत’ । यसको काम ‘सितारे जमिन पर’ प्रदर्शनमा आएपछि सुरु गर्ने बताएका छन् ।

‘महाभारत’फिल्मपछि उनले अभिनयबाट सन्यास लिने संकेत गरेका छन् । उनले राज शमानीसँगको पोडकास्टमा भनेका छन्, ‘मेरो सपना महाभारत बनाउनु हो । मेरो लागि महाभारत यस्तो प्रोजेक्ट हो- जसले मलाई अब मैले गर्ने केही बाँकी छैन भन्ने महसुस गराउन सक्छ । महाभारतमा जीवनका सबै पाटा यसमा पाइन्छ ।’

आमिरको यही अभिव्यक्तिलाई ‘उनले फिल्मबाट सन्यास लिने सकंते गरेका हुन्’ भन्ने कोणबाट बलिउडमा चर्चा भइरहेको छ ।
उनले महाभारत ‘लार्ज क्यान्भास’को फिल्म रहेको समेत बताएका छन् । यस फिल्ममा पनि आमिर निर्माताको जिम्मेवारीमा समेत रहने बताइएको छ ।

६० वर्षीय आमिरले यसअघि पनि सन्यास लिने चर्चा चलेको थियो । अर्को चर्चा पनि थियो- सन्यासका लागि उनी एक बल्कबस्टर फिल्मको पर्खाइमा छन् ।

उनले आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ बताएपछि अमिर सन्यासको लागि पर्खिएको फिल्म यही हो भन्ने चर्चासमेत भइरहेको छ ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ६ : ४४ बजे

चाडपर्वलाई लक्षित गरेर उपत्यकामा छ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं– चाडपर्वलाई लक्षित गरेर यस वर्ष काठमाडौँ उपत्यकामा छ हजार

प्रहरीका चार डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौं– नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त

कास्कीमा चाडपर्वलक्षित सुरक्षा योजना लागू

गण्डकी– दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय, कास्कीले

ओलीको पासपोर्ट रद्द गर्ने निर्णयले आयोगकै विश्वसनीयतामा प्रश्न उठ्यो : एमाले

काठमाडौं- नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पाँच जनाको

अध्यक्ष ओलीको राहादानी रोक्काप्रति एमालेको गम्भीर आपत्ति, असोज अन्तिम साता केन्द्रीय कमिटीको बैठक

भक्तपुर– नेकपा एमालेले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि