गृह मन्त्रालयले गर्‍यो सिडिओसहित गृहका ६ सहसचिवको सरुवा « Khabarhub

गृह मन्त्रालयले गर्‍यो सिडिओसहित गृहका ६ सहसचिवको सरुवा

कास्कीका पाण्डे मन्त्रालयमा, बर्दियाबाट आइन् रुद्रादेवी शर्मा


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

पोखरा–  गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ) तहमा फेरबदल गर्दै कास्की, बर्दिया, धनुषा र पाँचथर जिल्लामा नयाँ जिम्मेवारी तोकेको छ । 

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको मन्त्रालयमा सरुवा भएसँगै उनको स्थानमा बर्दियाकी सिडिओ रुद्रादेवी शर्मालाई खटाइएको हो । पाण्डे पोहोर जेठ २१ गते कास्कीमा हाजिर भएका थिए । 

बर्दियामा कार्यरत रहेकी शर्मा अब कास्कीको प्रशासनिक नेतृत्व सम्हाल्नेछिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई कास्कीमा ल्याउने तयारी थियो । यसका लागि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समेत लबिङ गरेका थिए । 

तर उनी अख्तियारको छानबिनको घेरामा परेपछि रुद्रा शर्मा आउने भएकी हुन् । उनीले बर्दियाबाहेक रामेछाप र गुल्मीमा समेत प्रजिअ भएर जिल्ला हाँकिसकेकी छन् । शाखा अधिकृतबाट सेवा प्रवेश गरेकी उनले उपसचिव र सहसचिवमा खुलाबाटै नाम निकालेकी हुन् । 

शर्मा कास्की सरुवा हुने चर्चा केही महिनाअघि देखिनै मन्त्रालय भित्र चलिरहेको थियो । कास्कीका सिडिओ पाण्डेलाई मन्त्रालयमा फिर्ता बोलाइएपछि कास्कीको जिम्मेवारी शर्मा सम्हाल्ने निश्चित भएको हो ।

शर्माको स्थानमा मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव सुरेन्द्र पौडेललाई बर्दियाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

यसै क्रममा धनुषाका सिडिओ रामुराज कडरियालाई पनि मन्त्रालय तानिएको छ भने केही समययता मन्त्रालयमै जिम्मेवारीविहीन अवस्थामा रहेका शंकरहरि आचार्यलाई धनुषाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

पाँचथरमा रिक्त रहेको सिडिओको पदमा अरुण पोखरेललाई पठाइएको छ । पोखरेल यसअघि नवलपरासी (पूर्व) का प्रमुख जिल्ला अधिकारी थिए । पाँचथरका सिडिओ विष्णुप्रसाद कोइराला अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएपछि उक्त पद खाली रहेको थियो ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ६ : २९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ