वैतेश्वरले सुरु गर्‍यो आँखा रोगीको नि:शुल्क अप्रेसन | Khabarhub Khabarhub

वैतेश्वरले सुरु गर्‍यो आँखा रोगीको नि:शुल्क अप्रेसन


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको बैतेश्वर गाउँपालिकाले आफ्नै सहयोगमा पालिका भित्रका आँखा रोगीको शल्यक्रिया गर्न सुरु गरेको छ ।

आँखा रोगको कारण कुनै नागरिकले अन्धोपन भोग्नु नपरोस् भन्दै पालिका अध्यक्ष छवि लामाले पालिकामा शिविर सञ्चालन गरेर शिविरमा अप्रेसन गर्नुपर्ने समस्या देखिएका बिरामीलाई काभ्रेको बनेपामा रहेको मासुनाँगा आँखा अस्पताल लगेर अप्रेसन गर्न बिरामी पठाइएको अध्यक्ष लामाले बताए ।

वैतेश्वरका-८ वडामा ८ दिनसम्म नि:शुल्क आँखा शिविर कार्यक्रम सञ्चालन गर्दा नौ सय २४ जनाको आँखा परीक्षण गरिएको थियो ।

पालिकाले रेयुकाई एईको मासुनाँगा आँखा अस्पताल बनेपासँगको प्राविधिक सहयोग लिएर सञ्चालन गरिएको शिविरबाट ६० जना मोतियाबिन्दुका बिरामी फेला परेको आँखा रोग विशेषज्ञ नेत्रसाहि रेणु विकले बताइन्।

गत आइतबारदेखि सुरु भएको ८ दिने नि:शुल्क आँखा शिविर कार्यक्रम आज सम्पन्न गर्दै ६० जना मोतियाबिन्दुका बिरामी छनोट भएको उनले बताइन् ।

बैतेश्वर गाउँपालिका भित्रका ८ वटै वडाहरूमा प्रत्येक दिन  सञ्चालन गरिएको शिविरमा नौ सय २४ जनाको आँखा परीक्षण गर्दा  ३५ जना पुरुष र २५ जना महिलागरि जम्मा ६० जनामा मोतियाबिन्दुको समस्या झेलिरहेका बिरामी भेटिएको र पालिकाले उनीहरूको अप्रेसन पनि नि:शुल्क गर्ने व्यवस्थापन गरिदिएको वैतेश्वरका स्वास्थ्य शाखा प्रमुख बम बहादुर तामाङले बताए ।

उनीहरूलाई पहिलो चरणमा पालिका आफैँले बस, खाने बस्ने व्यवस्था मिलाएर पहिलो चरणमा २४ जनाको मोतियाबिन्दुको अप्रेसन गर्न बनेपा लगिएको हो ।अन्य बाकी बिरामीलाई पनि त्यहीँ लगेर अप्रेसन गरिने छ ।

 उक्त शिविरमा ५ सय ११ जना महिला र ४ सय १५ जना पुरुषले आँखा जाँच गरेका थिए। त्यसै गरी २ जनामा जलबिन्दु र २ सय ७६ जनालाई भने चस्मा वितरण गरीएको थियो । -सुवास बस्नेत/ दोलखा

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ६ : ३४ बजे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी

काठमाडौं– विश्व भेटेरिनरी एसोसिएसनको सन् २०२५ को महासभामा नेपाल भेटेरिनरी

भारत–पाक संघर्षमा पाँच लडाकु विमान खसालिएको थियो : ट्रम्प 

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानबीचको पछिल्लो संघर्षका दौरान पाँचवटा

एमाले पोलिटब्युरो बैठक सुरु

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक सुरु भएको छ

तेलुगु फिल्मका हास्य कलाकार फिश वेङ्कटको निधन

काठमाडौं– तेलुगु फिल्म क्षेत्रका चर्चित हास्य अभिनेता फिश वेङ्कटको निधन

हलगोरु पाल्ने २७५ किसानलाई गाउँपालिकाको अनुदान

तनहुँ- तनहुँकाे म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८१–८२ मा हल गोरु