अछाममा भारतको सवा तीन करोड लगानीमा बनेको विद्यालय भवन उद्घाटन | Khabarhub Khabarhub

अछाममा भारतको सवा तीन करोड लगानीमा बनेको विद्यालय भवन उद्घाटन


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

अछाम– भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनामध्ये एक अछामको साँफेबगर नगरपालिकास्थित महेन्द्र माध्यमिक विद्यालयको भवन औपचारिक रुपमा हस्तान्तरण गरिएको छ ।

उक्त विद्यालय भवन औपचारिक रुपमा जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर कुँवर, साँफेबगर नगरपालिकाका मेयर राजेन्द्र बहादुर कुँवर र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालयका शिक्षक/शिक्षिका, विद्यार्थी एवम् उनीहरुका अभिभावकहरू पनि उपस्थित थिए ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोग ३ करोड २४ लाख लागतमा भवन निर्माण गरिएको हो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोग कक्षाकोठा, प्रयोगशाला, कम्प्युटर कक्ष, कर्मचारी कक्ष, प्रशासन शाखा, प्रधानाध्यापक कक्ष, पुस्तकालय, लेखा शाखा र छात्र एवम् छात्राका लागि शौचालयसहितको विद्यालय भवनको निर्माणमा उपयोग गरिएको छ ।

अनुदान सहयोग फर्निचर र कम्प्युटरको खरिदमा पनि उपयोग गरिएको छ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो र जिल्ला समन्वय समितिमार्फत कार्यान्वयन गरिएको थियो ।

सन् १९६० मा माध्यमिक विद्यालयका रुपमा स्थापित श्री महेन्द्र माध्यमिक विद्यालय पछि उच्च माध्यमिक विद्यालयमा स्तरोन्नति गरिएको थियो । नर्सरीदेखि १२ कक्षासम्म अध्यापन हुने यस विद्यालयमा ४०० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् जसमा ६५ प्रतिशत छात्रा छन् ।

जिल्ला समन्वय समिति, अछाम, साँफेबगर नगरपालिका, अछाम, विद्यालय व्यवस्थापनका अध्यक्ष र अन्य सरोकारवालाले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरे ।

उनीहरू नयाँ पूर्वाधारले अछामस्थित महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई राम्रो शिक्षा सुविधा प्रदान गर्न मद्दत गर्ने विश्वास जनाए । यसले समग्र सिकाइ वातावरणलाई सुदृढ बनाउनुका साथै यस क्षेत्रको शिक्षा क्षेत्रको विकासमा योगदान पुर्‍याउनेछ ।

सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रमा ५७३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको । ४९५ परियोजना सम्पन्न भएका छन् ।

यीमध्ये अछामस्थित महेन्द्र माध्यमिक विद्यालयसहित सुदूरपश्चिम प्रदेशमा ४३ वटा परियोजना छन् । यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारका रुपमा प्रदान गरेको छ ।

यीमध्ये सुदूरपश्चिम प्रदेशमा ७० वटा एम्बुलेन्स र २७ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । जसमध्ये अछममा ६ वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको भारतीय दूतावासको भनाइ छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको दूतावासको भनाइ छ ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ७ : २५ बजे

एक खेलअघि नै अस्ट्रेलियाले जित्यो भारतविरुद्धको एकदिवसीय सिरिज

एडिलेड – अस्ट्रेलियाले भारतसँगको एकदिवसीय क्रिकेट श्रृंखला एक खेल अघि

कञ्चनपुरमा जुवातास खेलिरहेका १२ जना पक्राउ

कञ्चनपुर – दोधारा चाँदनी नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज

पाकिस्तानमाथि दक्षिण अफ्रिकाको शानदार जित, टेस्ट सिरिज १-१ को बराबरीमा

काठमाडौं – दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्धको दोस्रो टेस्ट म्याचमा शानदार जित

ल्हेन्दे खोलाको मितेरी पुल पुनर्निर्माण अन्तिम चरणमा

रसुवा- नेपाल–चीनबीचको सीमा क्षेत्र ल्हेन्दे खोलामा निर्माणाधीन मितेरी पुल(बेलिब्रिज) पुनःनिर्माण

सोलुखुम्बुमा बोलेरो जीप दुर्घटना, तीन महिलाको मृत्यु

सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–३ वाकुमा बिहीबार एक बोलेरो जीप