राप्रपाले सरकारलाई भन्यो- कमल थापासहित पक्राउ परेका सबैलाई तत्काल रिहा गरियोस् « Khabarhub

राप्रपाले सरकारलाई भन्यो- कमल थापासहित पक्राउ परेका सबैलाई तत्काल रिहा गरियोस्


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र घोषणाको मागसहित जेठ १५ गतेदेखि काठमाडौंमा जारी शान्तिपूर्ण प्रदर्शनमा आइतबार प्रहरी हस्तक्षेप भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले कडा आपत्ति जनाएको छ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रहरीको व्यवहारप्रति गंभीर आपत्ति जनाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार, निषेधित क्षेत्र घोषणा नगरिएको नक्सालको नारायणचौर क्षेत्रमा भएको प्रशासनिक हस्तक्षेपप्रति भर्त्सना गर्ने निर्णय भएको छ ।

नारायण चौरमा भएको हस्तक्षेपका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ७ जना नेता-कार्यकर्ता पक्राउ परेका पनि उनले जानकारी दिए ।

पक्राउ परेका नेतालाई भेट्न पुगेका प्रतिनिधिसभाका सांसद तथा राप्रपा कार्यसम्पादन समितिका सदस्य दीपकबहादुर सिंहलाई समेत जिल्ला प्रहरी परिसर भद्रकालीमै नियन्त्रणमा लिइएकोप्रति पार्टीले आपत्ति जनाएको छ।

राप्रपाले यस घटनालाई संविधानविपरीत, अलोकतान्त्रिक, सर्वसत्तावादी प्रवृत्तिको प्रदर्शन भएको जनाउँदै यसले विचार र अभिव्यक्तिको स्वतन्त्रतामाथिको अतिक्रमण भएको ठहर गरेको छ।

‘पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा, “’पक्राउ परेका सबै नेता तथा कार्यकर्ताहरूको अविलम्ब र बिनासर्त रिहाइ गर्न सरकारसँग माग गर्दछौं,’ श्रेष्ठले भनेका छन् । यदि माग सुनुवाइ नभए पार्टीले आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने चेतावनी पनि पनि उनले दिएका छन् ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ७ : ३८ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ