कमल थापा पक्राउप्रति राप्रपा नेपालको कडा आपत्ति, आन्दोलन सशक्त बनाउने « Khabarhub

कमल थापा पक्राउप्रति राप्रपा नेपालको कडा आपत्ति, आन्दोलन सशक्त बनाउने


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजसंस्था पुनर्स्थापना जनआन्दोलन समितिद्वारा आयोजित शान्तिपूर्ण प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित नेताहरूलाई बलपूर्वक पक्राउ गरिएको भन्दै राप्रपा नेपालले आपत्ति जनाएको छ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा आइतबार काठमाडौंमा आयोजित प्रदर्शनमा राज्य संयन्त्रले बर्बरतापूर्वक बल प्रयोग गर्दै थापालगायत नेताहरूलाई पक्राउ गरी लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक अधिकारको उल्लंघन गरेको भनिएको छ।

राप्रपा नेपालले यस घटनालाई ‘अप्रजातान्त्रिक, निरंकुश, सर्वसत्तावादी र हिंस्रक शैली’को संज्ञा दिएको छ। नेपालको संविधानले दिएको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र संघसंस्था खोल्ने अधिकारमाथि राज्य आफैँले प्रहार गरेको आरोप उसले लगाएको छ।

‘संविधानको धारा १६, १७, २६९, र २७० अनुसार नागरिकलाई सम्मानपूर्वक बाँच्न, बोल्न, र संगठन खोल्न पाउने अधिकार छ। राज्यले यी अधिकारमाथि अतिक्रमण गरी गम्भीर संवैधानिक उल्लंघन गरेको छ’, बर्तौलाले भनेका छन् ।

राप्रपा नेपालले अध्यक्ष थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिनाको अविलम्ब र बिनासर्त रिहाइको माग गरेको छ । यदि माग पूरा नभए सोबारदेखि आन्दोलन थप सशक्त रूपमा अघि बढाउने चेतावनी दिएको छ।

यससँगै अध्यक्ष थापालाई भेट्न प्रहरी परिसर पुगेका राप्रपाका सांसद दीपक बहादुर सिंहलाई समेत पक्राउ गरिएको घटनाको निन्दा गर्दै तत्काल रिहाइको माग गरिएको छ।

प्रदर्शनमा घाइते भएका कार्यकर्ताको स्वास्थ्य लाभको कामना गर्दै दमनमा संलग्न व्यक्तिमाथि निष्पक्ष छानबिन र कारबाहीको पनि माग राप्रपा नेपालले गरेको छ ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ७ : ४६ बजे

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट