राजावादीको आन्दोलनले सरेको ‘महाभोज’ जेठ ३० मा पुग्यो « Khabarhub

राजावादीको आन्दोलनले सरेको ‘महाभोज’ जेठ ३० मा पुग्यो


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी ठगीको मुद्दा उठान गरेको फिल्म ‘महाभोज’को प्रदर्शन देशमा विकसित राजनीतिक घटनाक्रमले पछि सरेको छ ।

जेठ १५ गते प्रदर्शन मिति तोकिएको यस फिल्म सोही दिन राजावादीको र नेकपा एमालेको शक्ति प्रदर्शन हुने भएपछि रोकिएको थियो ।

यो फिल्मको जेठ १३ गते स्पेशल प्रि-भ्यू पनि गरिएको थियो । १४ गते दिउँसो प्रदर्शन स्थागित गरेको सूचना निर्माण पक्षले निकालेको थियो ।

सुरुमा यो फिल्मको प्रदर्शन स्थगन गरिएको मात्रै जानकारी दिइएको थियो । नयाँ प्रदर्शन मितिबारे निर्माण पक्षले केही जानकारी दिएको थिएन ।

शनिबार निर्माण पक्षले जेठ ३० लाई नयाँ प्रदर्शन मिति तोकिएको जानकारी दिएको छ ।

पूर्वनिर्धारित मितिमा फिल्म प्रदर्शनमा ल्याउने अवस्था नबनेकामा निर्देशक राउतले माफीसमेत मागेका छन् ।

उनले भने, ‘हामीले धेरै मिहिनेतका साथ तयार पारेको फिल्म केही विशेष परिस्थितिका कारणले निर्धारित मितिमा रिलिज गर्न सकेनौँ । दर्शकहरूप्रति यसबाट असहजता सिर्जना भएकोमा हामी क्षमा प्रार्थी छौँ ।’

विकास सुबेदीले लेखेको यस फिल्ममा नायकहरु आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, नायिकाहरु मलिका महत, गौमाया गुरुङ र अञ्जना बराइली शीर्ष भूमिकामा छन् ।

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको सहकार्यमा बनेको यस फिल्मका निर्माता हिमाल कडरिया हुन् ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ७ : २१ बजे

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,