काठमाडौंका कोटेश्वर, बल्खु र सिफल बाहेकका क्षेत्रमा प्रदर्शन गर्न नपाइने | Khabarhub Khabarhub

काठमाडौंका कोटेश्वर, बल्खु र सिफल बाहेकका क्षेत्रमा प्रदर्शन गर्न नपाइने


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काटमाडौंमा सिफल, कोटेश्वर र बल्खुबाहेक अन्य क्षेत्रमा प्रदर्शन गर्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार साँझ एक विज्ञप्ती निकाल्दै सिफल, कोटेश्वर र बल्खुबाहेकका क्षेत्रमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाएको हो ।

‘काठमाडौँ जिल्लाको चक्रपथ र चक्रपथभित्रका सार्जजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ जुलुस प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्ने जनगुनासोसमेतलाई मध्यनजर गर्दै सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा असर पर्न जाने अवस्था देखिएकोले जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिससमेतका आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ क बमोजिम १९ (आजै)गतेदेखि लागू हुने गरी देहायका स्थानबाहेक बढीमा २ महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश गरिएको छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको आदेशमा उल्लेख छ ।

यदपी प्रशासनसँगको अनुमति लिएको अण्डमा भने कार्यक्रम गर्न दिन सकिने बताइएको छ । राजावादीहरुको प्रदर्शन जारी रहेका बेला काठमाडौं जिल्ला प्रशासनले यस्तो आदेश जारी गरेको हो ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ८ : २७ बजे

जेन-जी आपसी विवादमा अल्झिँदा सडकमा दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वपलाई लिएर विवाद बढ्न थालेपछि

जेन-जीसँगको वार्तामा अलमलबीच सेनाको कडाइ, सबै नेताको फोन अफ, साँझैदेखि बजार बन्द गराउँदा अनेक आशंका

काठमाडौँ- सोमबार र मंगलबार देशव्यापी आन्दोलन गरेका जेन-जीसँगको वार्ताबाट अन्तरिम

तनहुँमा शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू

तनहुँ – जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाभर भोलि (शुक्रबार) बिहान

आईजीपी खापुङले भने : प्रहरी उच्च मनोबलका साथ अघि बढ्नुपर्छ

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले देश कठिन

काठमाडौं उपत्यकामा कर्फ्यु थप खुकुलो, बिहान र बेलुकी आवतजावत गर्न पाइने

काठमाडौं – नेपाली सेनाले उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यु आदेशलाई