क्यान्सर पीडित गौतमको गुनासो : प्रचण्डले आश्वसन मात्र दिए, सहयोग गरेनन् | Khabarhub Khabarhub

क्यान्सर पीडित गौतमको गुनासो : प्रचण्डले आश्वसन मात्र दिए, सहयोग गरेनन्


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामो समयदेखि क्यान्सरसँग लडिरहेका ‘नक्कली प्रचण्ड’का नामले चिनिने हास्य कलाकार घनश्याम गौतमलाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहयोग गर्छु भनि धोका दिएको आरोप लागेको छ ।

गौतमको आधिकारिक फेसबुक पेजमार्फत उनकी श्रीमतीले सार्वजनिक गरेको स्टाटसमा सहयोग गर्छु भनेर प्रचण्डले आश्वासन दिएपनि सहयोग नगरेको उल्लेख गरिएको छ ।

फेसबुकमा लेखिएको छ, ‘क्यान्सर लागेर थलिएको मान्छेलाई झुठो आसा देखाएर वचन दिएर हिड्नु भयो । अलि कति पनि दया लागेन तपाईलाई ? वचन दिंदै गर्दा कहि कतै तपाईलाई आफ्नो छोराको याद आएन ? यस्तो अवस्थाको बिरामीसँग त झुठो वचन दिएर हिड्नेसँग के जनताले,तपाईंमाथि आशा र बिश्वास गर्न उचित हुन्छ ? अझै पनि वचन पूरा गर्न आह्वान गर्छु । क्यान्सर पिडित मेरो श्रीमानलाई दिएको वचन पूरा गर्नुस् । काठमाडौं क्यान्सर सेन्टर ताथली भक्तपुर अस्पतालको बेडमा पिडाले छट्पटाई रहनु भएको छ ।’

डेढ वर्षदेखि ठूलो आन्द्राको क्यान्सरबाट पीडित उनी अहिले क्यान्सरसँगै मिर्गौला र मानसिक समस्याबाट ग्रसित छन् । अस्पतालमै रहेकी श्रीमती युगज्योतिका अनुसार घनश्यामले मानसिक सन्तुलनसमेत गुमाएका छन् ।

‘प्रचण्ड’को नक्कल गरेर दर्शकलाई हँसाउने गौतमको यो हविगतले जोकोहीलाई रुवाउँछ । कुनै बेला उनी काठमाडौं भन्दा बाहिरी जिल्लामा हुने स्टेज शोमा व्यस्त भइरहन्थे । तर, स्टेज शो र कार्यक्रममा व्यस्त उनलाई २०८० असारमा समस्या देखियो । दिसा बस्दा रगत देखिएपछि पायल्स ठानेर आयुर्वेदिक उपचारतर्फ लागे । तर निको भएन । त्यसपछि केएमसी अस्पतालमै चेकजाँच गराउँदा ठूलो आन्द्रामा ट्युमर पत्ता लाग्यो । उक्त ट्युमर क्यान्सरमा परिणत भइसकेको थियो ।

याे पनि…

‘नक्कली प्रचण्ड’ घनश्यामको सफल शल्यक्रिया, निकालियो दुई केजीको ट्युमर

‘नक्कली प्रचण्ड’ घनश्यामको उपचारमा भएकै हो त लापरबाही ?

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ८ : ५९ बजे

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ जना इजरायली लडाकु मारिएको इरानको दाबी

तेहरान – इरानको दक्षिणपूर्वी क्षेत्रमा इरानी सेनाले गरेको कारबाहीमा छ

गोरखामा आलु मेला : विजेतालाई तीन पाथी आलु पुरस्कार

गोरखा – धार्चे गाउँपालिका-५ गुम्दामा विगत वर्षमा झैँ यस वर्ष

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छः सभामुख घिमिरे

ललितपुर – सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर