रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित « Khabarhub

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ।

सोमबार भएको दिवा रात्रि खेलमा भारतले दिएको २९१ रनको लक्ष्य इङ्गल्यान्डले तीन बल बाँकी रहँदा ९ विकेटको क्षतिमा पुरा गरेको हो।

इङ्गल्यान्डका थोमस रेउले सानदार ब्याटिङ गर्दै ८९ बलमा १३१ रन जोडे। उनको पारीका १६ चौका र ६ छक्का समावेश थियो।

भारतका अम्ब रिसले चार विकेट लिए पनि यसका लागि १० ओभरमा ८० रन खर्चिए। युद्ध जित गाहाले दुई विकेट लिए। हेनिन पटेलले प्रभावकारी बलिङ गर्दै १० ओभरमा २८ रन मात्र खर्चिएर दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४८ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २९० रन बनाएको थियो। भ्रमणकारी टोली भारतका लागि विहान मलहोत्राले ४८, राहुल कुमारले ४७, कनिश्क चौहानले ४५ तथा वैभव श्रीवास्तवले ४५ रन जोडे। श्रीवास्तवले ३४ बलको सामना गर्दै ५ चौका र ३ छक्का प्रहार गरे।

इङ्गल्यान्डका एलेक्स फ्रेन्चले १० ओभरमा ७१ रन खर्चेर चार विकेट लिए। उसका लागि ज्याक होम र एलेक्स ग्रिनले समान तीनतीन विकेट लिए।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ७ : १७ बजे

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर