माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा « Khabarhub

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालको पद लोलोपुता ज्यादै अशोभनीय र मजाकपूर्ण देखिएको बताएका छन्।

पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि नैतिकताका आधारमा पार्टीको नेतृत्व परित्याग गर्नुपर्ने नेता नेपालले पदमै बसेको भन्दै थापाले चर्को आलोचना गरेका हुन्। भ्रष्टाचार मुद्दा दायर भएसँगै संसदबाट निलम्बित नेता नेपालले पार्टीको अध्यक्ष पद भने छोडेका छैनन्। सोही विषयमा पार्टीभित्र विरोध भइरहेको प्रसंग उल्लेख गर्दै थापाले नेता नेपालको विरोध गरेका हुन्।

नेकपा (एमाले) विभाजन र माधव नेपालको संकटका विषयमा चर्को टिप्पणी गर्दै थापाले फेसबुकमा लेखेका छन्, ‘‘अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि पनि पदमा टाँसिरहनु नैतिकहराम कार्य हो। यो अरूलाई सिकाउने र आफूले चाहिँ मनपरि गर्ने द्रैधचरित्रको प्रदर्शन किमार्थ पनि होइन ! जीवनको उत्तरार्धमा कस्तो देखिने, सुनिने र लेखिने उहाँ लगायत सम्बन्धित व्यक्तिहरूले नै स्वघोषणा गर्नु उचित हुन्छ। पार्टी फुटाएर बनाएको सानो टुक्राको मुखिया भइरहने रहिरहने पदलोलुपताले नैतिकताको हुर्मत लिएको दृश्य परिदृश्य ज्यादै अशोभनीय र मजाकपूर्ण भएको छ।’’

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ७ : ३४ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु