एसीसी यु-१६ : भुटानविरुद्ध नेपालका बजगाईं र श्रीवास्तवले बनाए अर्धशतक « Khabarhub

एसीसी यु-१६ : भुटानविरुद्ध नेपालका बजगाईं र श्रीवास्तवले बनाए अर्धशतक


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


876
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ। समूह चरणको अन्तिम खेलमा टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालका लागि शिवांश बजगाईं र रौनक श्रीवास्तवले अर्धशतक बनाएका छन्।

बजगाईंले ५२ बलको सामना गर्दै पाँच चौकाको मद्दतमा ५४ रन बनाएर आउट भएका छन् भने श्रीवास्तव ६४ बलमा ६७ रन बनाएर क्रिजमा छन्। उनीसँग क्रिजमा सुगम बुढाथोकी २४ बलमा २९ रन बनाएर खेलिरहेका छन्।

पहिलो ओभरमै विकेट गुमाएर खराब सुरुवात गरेको नेपालका लागि बजगाईं र श्रीवास्तवले उत्कृष्ट साझेदारी गरेका हुन्। नेपालले ओपनर परिमार्जन यादवलाई पहिलो ओभरमा गुमाएको थियो भने अर्का ओपनर प्रसिद्ध जैसीलाई समेत सस्तैमा गुमायो।

अहिले २५ ओभरको समाप्तिमा नेपालले तीन विकेटको क्षतिमा १७२ रन बनाएको छ।

समूह चरणका तीन खेलमा विजयी भएको नेपाल एक खेल अगाडि नै सेमिफाइनल प्रवेश गरिसकेको छ। समूह ‘ए’का तीन खेलमा तीन जित निकाल्दै शीर्ष स्थानमा रहेको नेपालले आज भुटानसँग प्रतिस्पर्धा गरेको हो।

पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा इन्डिोनेसियाविरुद्ध ३७० रनको विशाल जित निकालेको नेपाल समूह चरणको अन्तिम खेलमा भुटानलाई हराउने लक्ष्यका साथ मैदानमा हुनेछ।

तस्बिरः क्यान

प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्।

दुई समूहका विजेता र उपविजेताले समेफिाइनल खेल्नेछन्। सेमिफाइनलमा विजयी टिमले फाइनलमा प्रतिस्पर्धा गर्दा पराजित टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रयोगिताको फाइनल असार २१ गते हुँदैछ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ९ : ३९ बजे

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर