‘कुलिङ पिरियड’मा बदमासीबारे रामहरिले भने– छानबिनमा दोषी देखिए कारबाही भोग्न तयार छु | Khabarhub Khabarhub

‘कुलिङ पिरियड’मा बदमासीबारे रामहरिले भने– छानबिनमा दोषी देखिए कारबाही भोग्न तयार छु


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती कर्मचारीसम्बन्धी विधेयकमा भएको हेराफेरीबारे छानबिन हुनु पर्ने बताएका छन् ।

सिंहदरबारमा मंगलबार समितिको बैठकका लागि आएका सभापति खतिवडाले पत्रकारहरूसँगको कुराकानीमा ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थालाई लिएर विधेयकमा भएको हेराफेरीबारे छानबिन हुनुपर्ने बताएका हुन् ।

‘यत्रो ठूलो मिस्टेक कानुन बनाउने कुरामा कहीँ हुँदैन । त्यसमा हामी छानबिन हुनुपर्छ भन्ने पक्षमा छौँ’, सभापति खतिवडाले भने, ‘लामो सहमतिको विषयमा कसरी परिवर्तन भयो ? यो छानबिन हुनुपर्छ ।’

उनले छानबिनका क्रममा आफू दोषी देखिए कारबाहीको दायरामा आउन तयार रहेको पनि जिकिर गरे । ‘छानबिनमा यदि मेरो दोष देखियो भने म पनि कारबाहीको दायरामा आउन चाहन्छु,’ सभापति खतिवडाले भने, ‘यसमा छानबनिका लागि सभामुखलाई आग्रह गरेका छौँ ।’

‘निजामाती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीको सेवाको अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभइ कुनै संवैधानिक वा सकारी नियुक्ति पाउन छैन’ भन्ने प्रावधान समितिले विधेयकमा रोखको उनले दोहोर्‍याए ।

‘त्यही मूल मर्म थियो । त्यसको मुनी एउटा दफा थपिएर सदनमा पछिबाट गएको हामीले फेला पार्‍यौँ,’ खतिवडाले भने, ‘यो कसको गल्तीबाट भएको छ, कसले गर्‍यो त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १२ : ४१ बजे

१५ वटा प्रस्ताव पारित गर्दै काठमाडौं महानगरको ४३ औँ कार्यपालिका बैठक सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाले १४ विभागीय र विविधसहित १५ वटा प्रस्ताव

दल खोल्ने मिराज ढुंगानाको घोषणा, विचार मिल्नेसँग वार्ता गर्न बनाए समिति

काठमाडौं – ‘गरिखान देऊ’ अभियानका संयोजक एवम् जेन-जी युवा मिराज

हिउँ पन्छाएर बाह्र दिनपछि खुलाइयो न्यालु सडक

सिमकोट– हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित न्यालु सडकखण्ड १२ दिनपछि सञ्चालनमा

ओलीलाई प्रदेश अध्यक्ष ढुंगेलले सोधे- अन्त गएकालाई बोलाइरहँदा घरभित्रकै विद्या भण्डारीलाई कहिलेसम्म रोकिरहने ?

काठमाडौं- नेकपा एमालेका एकजना प्रदेश कमिटी अध्यक्ष खुलेर पूर्वराष्ट्रपति विद्या

पार्टीमा युवा सहभागिता बढाउन ‘डिजी युथ कांग्रेस गठन’ गर्न नेता पौडेलको प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनअघि नै कांग्रेसमा