नागरिकता (दोस्रो संशोधन) विधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबुल « Khabarhub

नागरिकता (दोस्रो संशोधन) विधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबुल


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१  का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव डा सुरेन्द्र अर्यालले उक्त सन्देश सभासमक्ष टेबुल गरेका हुन्  । 

यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा पढेर सुनाएका थिए । 

यही असार १४ गते प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा गएकाले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्नेगरी तोकिएको अध्यक्ष दाहालले सभामा जानकारी गराए ।
 
यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल थाइल्यान्डको कार्यक्रममा सहभागी हुन यही असार १० गते त्यसतर्फ गएकाले  उनको कार्यभार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले गर्ने गरी तोकिएको अध्यक्ष दाहालले बताए। कार्यभार तोकिएका अन्य पत्र समेत उनले सभामा पढेर सुनाएका थिए ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १ : ०८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै