उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलित चिकित्सकद्वारा हातमा कालोपट्टि बाँधेर सेवा  « Khabarhub

उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलित चिकित्सकद्वारा हातमा कालोपट्टि बाँधेर सेवा 


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपभोक्ता अदालतको फैसलामा विरोध जनाउँदै देशभरका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आज हातमा कालोपट्टि बाँधेर सेवा दिइरहेका छन् । 

नेपाल चिकित्सक संघको पहिलो विरोधको कार्यक्रम अन्तर्गत मंगलबार  चिकित्सक तथा स्वास्थ्यकर्मीले हातमा कालोपट्टि बाँधेर काम गरिरहेको सङ्घका महासचिव सञ्जीव तिवारीले बताए ।

उनका अनुसार हातमा कालोपट्टि बाँधेर ७२ घण्टा देशभरका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा प्रवाह गर्नेछन् । चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारमा लापरबाही गरेको भन्दै उपभोक्ता अदालतले चिकित्सक तथा अस्पतालमाथि क्षतिपूर्ति भराउन आदेश जारी गरेपछि नेपाल चिकित्सक सङ्घ विरोधमा उत्रिएको हो ।  

नेपाल चिकित्सक सङ्घले उपभोक्ता संरक्षण ऐन २०७५ लाई आवश्यक संशोधनका लागि दबाब दिन सङ्घका महासचिव तिवारीको संयोजकत्वमा टास्कफोर्स गठन गर्ने निर्णय गरेको छ ।

उपचारको क्रममा चिकित्सकबाट त्रुटि भएमा उजुरी हेर्ने जिम्मेवार निकाय नेपाल मेडिकल काउन्सिल रहेको भन्दै यस्ता मुद्दा काउन्सिलमार्फत हेरिनुपर्ने डा.तिवारीले बताए । 

उपभोक्ता अदालतले उपचारमा लापरबाही गरेको  मुद्दामा ओम अस्पताल ५० लाख ७० हजार, हिमालय अस्पताल र उपचारमा संलग्न चिकित्सकलाई १ करोड ४५ लाख  र ग्राण्डी सिटी अस्पताल र उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरिएको थियो ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १ : १२ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को