उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलित चिकित्सकद्वारा हातमा कालोपट्टि बाँधेर सेवा  « Khabarhub

उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलित चिकित्सकद्वारा हातमा कालोपट्टि बाँधेर सेवा 


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपभोक्ता अदालतको फैसलामा विरोध जनाउँदै देशभरका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आज हातमा कालोपट्टि बाँधेर सेवा दिइरहेका छन् । 

नेपाल चिकित्सक संघको पहिलो विरोधको कार्यक्रम अन्तर्गत मंगलबार  चिकित्सक तथा स्वास्थ्यकर्मीले हातमा कालोपट्टि बाँधेर काम गरिरहेको सङ्घका महासचिव सञ्जीव तिवारीले बताए ।

उनका अनुसार हातमा कालोपट्टि बाँधेर ७२ घण्टा देशभरका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा प्रवाह गर्नेछन् । चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारमा लापरबाही गरेको भन्दै उपभोक्ता अदालतले चिकित्सक तथा अस्पतालमाथि क्षतिपूर्ति भराउन आदेश जारी गरेपछि नेपाल चिकित्सक सङ्घ विरोधमा उत्रिएको हो ।  

नेपाल चिकित्सक सङ्घले उपभोक्ता संरक्षण ऐन २०७५ लाई आवश्यक संशोधनका लागि दबाब दिन सङ्घका महासचिव तिवारीको संयोजकत्वमा टास्कफोर्स गठन गर्ने निर्णय गरेको छ ।

उपचारको क्रममा चिकित्सकबाट त्रुटि भएमा उजुरी हेर्ने जिम्मेवार निकाय नेपाल मेडिकल काउन्सिल रहेको भन्दै यस्ता मुद्दा काउन्सिलमार्फत हेरिनुपर्ने डा.तिवारीले बताए । 

उपभोक्ता अदालतले उपचारमा लापरबाही गरेको  मुद्दामा ओम अस्पताल ५० लाख ७० हजार, हिमालय अस्पताल र उपचारमा संलग्न चिकित्सकलाई १ करोड ४५ लाख  र ग्राण्डी सिटी अस्पताल र उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरिएको थियो ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १ : १२ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको