युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की « Khabarhub

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की


२१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले युवालाई लक्षित गर्दै उत्पादन वृद्धि र रोजगारीका समस्या समाधानलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि बढाएको बताएका छन् ।

सङ्खुवासभमा सदरमुकाम खाँदबारीमा आज पत्रकार भेटघाट कार्यक्रम मुख्यमन्त्री कार्कीले यस वर्षको बजेटमार्फत प्रदेशमै काम गर्न चाहने युवालाई लक्षित गरी करिब आठ अर्ब बराबरको रकम व्यवस्था गरिएको जानकारी दिए । 

साना तथा मझौला उद्यम सञ्चालन गर्न चाहने युवालाई सहयोग पुग्ने गरी तीन वर्षसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने उद्देश्यका साथ कार्यक्रम ल्याइएको उनले बताए  ।  

युवालाई स्वदेशमै उद्यमशील बन्न प्रेरित गर्नुका साथै उत्पादन वृद्धि र रोजगारी सिर्जनामा टेवा पुग्ने विश्वास प्रदेश सरकारले लिएको उनको भनाइ छ ।

प्रदेश सरकारले आठ अर्ब बराबर रकम, यही प्रदेशमा काम गर्न चाहने युवालाई तीन वर्षसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताए । 

मुख्यमन्त्री कार्कीले युवाको उद्यमशीलता प्रवर्द्धनमार्फत प्रदेशको अर्थतन्त्रलाई थप सुदृढ बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गरे ।

उनले उत्पादन र रोजगारी वृद्धि गर्दै युवालाई आफ्नै प्रदेशमा अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्नु सरकारको लक्ष्य रहेको बताए । 

‘अब परिवेश फरक छ र यसका पछाडि केही अन्य कारणहरू पनि छन् । हामीले चालु आर्थिक वर्षका लागि बजेट ल्याएका छौँ । नीतिगत रूपमा पनि बजेटमार्फत धेरै महत्त्वपूर्ण कार्यक्रम र योजना अघि सारेका छौँ’, मुख्यमन्त्री कार्कीले भने ।

उनले प्रदेश सरकारको विकास बजेटको सीमा र स्रोत–साधनको सीमितताका कारण हामीले चाहेजति विकास निर्माणका काम गर्न नसकेका बताए । 

‘विगतका वर्षहरूमा हामीले धेरै विकासका आधारहरू तयार गरेका छौँ । सडक सञ्जालको विस्तार र पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै आएका छौँ’, उनले भने । 

उनका अनुसार विभिन्न नीतिगत सुधार गर्दै सुशासनको प्रत्याभूति गराउने दिशामा पनि निरन्तर काम भइरहेको छ । कोशी प्रदेशमा विकास, समृद्धि र सुशासनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप प्रभावकारी रूपमा काम गर्ने सरकारको लक्ष्य रहेको उनले बताए । 

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  १२ : ०५ बजे

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

सङ्खुवासभा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले युवालाई लक्षित गर्दै उत्पादन

कर्णालीमा दशौँ राष्ट्रिय खेलकुदको चटारो : मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन

सुर्खेत– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

ढकमक्क फूलले ढाकेको धनकुटा बजार

धनकुटा– धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन् । पहेँलपुर

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ–  कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्वका अवसरमा

अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न

काठमाडौँ– दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा कसरी आफ्नो मूल