बल्छीले घोषणा गरे फिल्म ‘गोबर गणेश’, नायिका वर्षा, नायक को ? « Khabarhub

बल्छीले घोषणा गरे फिल्म ‘गोबर गणेश’, नायिका वर्षा, नायक को ?


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ उर्फ बल्छी धुर्बेले फिल्म निर्देशनमा हात हाल्ने औपचारिक घोषणा गरेका छन् । उनले आफ्नै लेखन र निर्देशनमा फिल्म ‘गोबर गणेश’ बनाउने मंगलबार घोषणा गरेका हुन् ।

बल्छीको यो ठूलो पर्दामा डेब्यू हो । यस फिल्मको नायिकामा वर्षा सिवाकोटी फाइनल भइसकेकी छन् । फिल्ममा सितादेवी तिमल्सेना, पुजन अधिकारीको पनि अभिनय रहने बल्छीले बताएका छन् ।

त्यस्तै, ‘होस्टल ३’बाट ठूलो पर्दामा डेब्यू गरेका पदम तामाङ पनि यस फिल्ममा रहनेछन् । कलाकार माओत्से गुरुङ र सन्तोष बानियाँको पनि अभिनय रहेनेछ ।

यस फिल्मको नायक भने बल्छीले अहिलेसम्म सार्वजनिक गरेका छैनन् । उनका अनुसार फिल्मको हिरो फाइनल हुन बाँकी छ । उनले भने, ‘केही नायकसँग कुरा भएको छ । तर, फाइनल हुन नै बाँकी छ ।’

बल्छीले फिल्ममा आफ्नो भूमिका रहनेबारे भने केही खुलाएका छैनन् । यो फिल्मको टाइटल पोस्टरमा प्रदर्शन मिति माघ १ गतेलाई तोकिएको छ ।

भदौको पहिलो साताबाट छायाङ्कनमा निस्कने तयारीमा बल्छी रहेका छन् ।

बल्छी टेलिसिरियल ‘मेरी बास्सै’बाट परिचित बनेका कलाकार हुन् । अहिले उनी आफ्नै लेखन निर्देशन र अभिनय रहेको टेलिसिरिल ‘हल्का रमाइलो’ गर्दै आएका छन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १ : ५० बजे

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन