एक हजार ७४ किलो गाँजासहित चार जना पक्राउ « Khabarhub

एक हजार ७४ किलो गाँजासहित चार जना पक्राउ


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– कैलाश गाउँपालिका–५ कटहरेबाट एक हजार ७४ किलो अवैध गाँजासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बुद्धिबहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले  र १९ वर्षीय राजेन्द्र लामा छन् । 

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले हरिबहादुर, बद्धिबहादुर, अरूण, राजेन्द्र, सोही ठाउँ बस्ने गोकर्ण पौडेल, मानबहादुर मोक्तान र सोमलाल गोलेको घर तलासी गर्दा ५४ बोरामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

यस्तै झापाको बिर्तामोड नगरपालिका–३ भगवानचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५६० मिलिग्रामसहित सोही नगरपालिका–३ शिवालय टोल बस्ने २६ वर्षीय वीरबहादुर राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ ।   

कैलालीको  घोडाघोडी नगरपालिका–१ सुखडस्थित पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ दुई किलो ७१४ ग्रामसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा हुम्लाको सर्केगाड गाउँपालिका–५ का ३२ वर्षीय लोकेन्द्रबहादुर शाही र २७ वर्षीय सालु शाही छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीसमेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

प्रहरीले थप अनुसन्धानका क्रममा उक्त कार्यमा संलग्न रोल्पाको लुङग्री गाउँपालिका–७ की ३२ वर्षीया पुनम पुन मगरलाई समेत पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका–५ कोईलीखर्क बस्ने ४४ वर्षीय अर्जुन तामाङलाई अवैध लागूऔषध गाँजा करिब चार किलो ७०० ग्राम र पोलेन चार किलो ८० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । 

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १ : ५७ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु